२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनी प्रदेशका ६ जिल्लामा अट्वारी पर्वमा आइतबार सार्वजनिक बिदा



अ+ अ-

रुपन्देही। लुम्बिनी प्रदेश सरकारले थारू समुदायको प्रमुख सांस्कृतिक पर्व बर्का अट्वारीको अवसरमा प्रदेशका थारू समुदाय बढी रहेका ६ जिल्लामा आइतबार (भदौ ८ गते) सार्वजनिक बिदा दिने घोषणा गरेको छ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयले दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रूपन्देही र पश्चिम नवलपरासीमा सार्वजनिक बिदा हुने जानकारी दिएको हो।

अट्वारी पर्व थारू समुदायले विशेष आस्था र श्रद्धाका साथ मनाउने परम्परा रहिआएको छ। यस दिन पुरुषहरूले निराहार व्रत बसेर सूर्यको पूजा गर्ने गर्छन्।

सूर्यलाई उज्यालो र जीवनशक्तिको प्रतीकका रूपमा मानिन्छ भने पौराणिक कथाअनुसार भीमको पूजा गर्ने चलन पनि यस पर्वसँग जोडिएको छ। कुशे औंसीपछिको पहिलो आइतबार मनाइने यो पर्व यस वर्ष भदौ ८ गते परेको छ।