२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागलुङमा विद्यार्थी बोकेको भ्यान दुर्घटना हुँदा छ घाइते



अ+ अ-

ढोरपाटन । बागलुङमा विद्यार्थी बोकेको भ्यान दुर्घटना हुँदा छ जना घाइते भएका छन् । जिल्लाको गलकोट नगरपालिका–५ स्थित शिवालय मन्दिर नजिकै आज बिहाने गलकोट बहुमुखी क्याम्पसको भ्यान दुर्घटना भएको हो ।

हरिचौरबाट हटिया जाँदै गरेको क्याम्पसको ग१झ ७४३ नं को भ्यान दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय गलकोटले जनाएको छ ।

दुर्घटनामा १८ वर्षीया सुस्मिता विक, १८ वर्षीया प्रमिला विक, २५ वर्षीय मोहोन सिंह सुनार, १९ वर्षीय जीवन खत्री, १९ वर्षीया अमिसा क्षेत्री र १८ वर्षीया सुनिता सापकोटा घाइते भएकी इलाका प्रहरी कार्यालय गलकोटका प्रहरी सहायक निरीक्षक मनबहादुर कार्कीले जानकारी दिनुभयो ।

घाइतेहरूको गलकोट नगर अस्पतालमा उपचार भइरहेको छ । तीव्र गतिका कारण दुर्घटना भएको प्रहरी निरीक्षक कार्कीले बताउनुभयो ।