२४ जेष्ठ २०८३, आईतवार
,
Latest
बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तान शाहीन्ससँग नेपाल १ रनले पराजित



अ+ अ-

काठमाडौँ । अस्ट्रेलियामा जारी टप एण्ड ट्वान्टी–२० शृङ्खलाअन्तर्गत नेपाल पाकिस्तान शाहीन्ससँग पराजित भएको छ ।

भर्खरै सम्पन्न खेलान नेपाल १ रनले पराजित भएको हो । साहीन्सले दिएको १४५ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १४३ रन जोड्यो ।

नेपाललाई अन्तिम एक बलमा तीन रन आवश्यक थियो । क्रिजमा दिपेन्द्र सिंह ऐरी थिए । उनले स्वीप गरेर प्रहार गरेको बल साहीन्सका खेलाडीले चतुरपूर्ण रुपमा पकड जमाउँदै ऐरीलाई रनआउट गरेपछि नेपालले खेल गुमायो ।

कप्तान रोहित पौडेलले अर्धशतकीय पारी खेलेपनि हार टार्न सकेनन् । उनले ४४ बलमा ५२ रन जोडे । यस्तै, दिपेन्द्र सिंह ऐरीले २१ बलमा ४१ रनको योगदान दिए । आशिफ शेखले २७ रन जोडे ।

साहीन्सका लागि मोहम्मद वसिम र फैसल अकरमले दुई–दुई विकेट र मोहम्मद सलमानले एक विकेट लिए ।

त्यसअघि अष्ट्रेलियाको डार्विनस्थित मरारा क्रिकेट मैदान–२ मा टस जितेर पहिला ब्याटिङ रोजेको शाहीन्सले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ४४ रनको योगफल बनायो ।

पाकिस्तान शाहीन्सका कप्तान इरफान खानले सर्वाधिक ४२ रनको योगदान दिए । उनले २६ बलमा तीन चौका र एक छक्का प्रहार गर्दै ४२ रन बनाएका हुन् । मोहमद वासिमले २३, अबदुल समादले २६ तथा यासिर खानले १८ रन जोडे ।

बलिङतर्फ नेपालका सोमपाल कामीले तीन विकेट लिए भने नन्दन यादव र दिपेन्द्रसिंह ऐरीले समान दुई–दुई विकेट लिँदा कुशल भुर्तेलले एक विकेट झारे ।

योसँगै छ खेलमा नेपालले चार खेलमा हार तथा दुई खेलमा जित हासिल गरेको छ ।

नेपालले नर्दर्न टेरिटोरी स्ट्राइकरसँग ४२, बङ्गलादेश ‘ए’ सँग ३२ र मलेबर्न स्टार्स एकेडेमीसँग ३१ रनले पराजित भएको थियो ।

त्यस्तै नेपालले होबर्ट हुरिक्यान्स एकेडेमीविरुद्ध ६६ र मेलबर्न रेनेगेड्स एकेडेमीविरुद्ध ३३ रनको जित निकालेको थियो ।