२५ जेष्ठ २०८३, सोमबार
,
Latest
इरानी नौसैनिक शाखामाथि इयूद्वारा नयाँ प्रतिबन्धको घोषणा पशुचौपाया गुमाएका परिवारलाई राहत दिइने हर्क साम्पाङ ट्राफिक कारबाहीमा नागरिकले सुरक्षित र सम्मानजनक जीवनयापन गर्न पाउने वातावरण निर्माण गर्नु राज्यको प्रमुख दायित्वः आईजीपी कार्की काठमाडौं महानगरपालिका ‘सडकआश्रित मानवमुक्त’ घोषणा सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने अमेरिका–इरान युद्धको छायाँमा समूह ‘जी’ विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुस र युक्रेनबीच थप युद्धबन्दी आदानप्रदान



अ+ अ-

मस्को। रुस र युक्रेनले आइतबार १४६ जना युद्धबन्दीलाई फिर्ता पठाएको मस्कोको रक्षा मन्त्रालयले जनाएको छ ।

मे र जुलाईको बीचमा इस्तानबुलमा रुसी र युक्रेनी प्रतिनिधिमण्डलबीच तीन चरणको वार्ताको एक मात्र ठोस परिणाम भनेको ठूलो परिमाणमा कैदी आदानप्रदान गरिनु हो ।

सन् २०२२ मा रुसको आक्रमण सुरु भएयता टर्कीले रूसको आक्रमणको आलोचना नगरी परोक्षरूपमा युद्धमा समर्थन गरेको आरोप पश्चिमी राष्ट्रहरूले लगाएका छन् । तर टर्कीले युद्धमा आफु तटस्थ रहेको बताउँदै युद्धविराम र शान्ति वार्ता गर्न मध्यस्थताका प्रयासहरू गरिरहेको छ।

रुसी रक्षा मन्त्रालयले टेलिग्राममा भनेको छ, “अगस्ट २४ मा १४६ जना रुसी सैनिकलाई किएभको नियन्त्रणमा रहेको क्षेत्रबाट फिर्ता गरिएको छ।”

त्यसको बदलामा युक्रेनी सशस्त्र बलका १४६ जना युद्धबन्दीलाई युक्रेनमा स्थानान्तरण गरिएको छ । रूसले भनेको छ, “किएभले गैरकानुनी रूपमा हिरासतमा लिएका कुस्र्क क्षेत्रका बासिन्दासहित रुसी महासङ्घका आठ जना नागरिकलाई पनि आदानप्रदानको एक भागको रूपमा फिर्ता गरिएको छ।”

युक्रेनी सेनाले गत वर्षको अगष्टमा रुसको कुस्र्क क्षेत्रमा अचानक आक्रमण गरी सयौँ वर्ग किलोमिटर क्षेत्र कब्जा गरेको थियो । रुसले आफ्नो सहयोगी उत्तर कोरियाबाट हजारौँ सैनिक तैनाथ गरपनि अप्रिलसम्म उक्त क्षेत्रमा पूर्ण रुपमा नियन्त्रण कायम गर्न सकेको थिएन । (रासस/एएफपी)