२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा निजी क्षेत्रका प्रतिनिधिहरू भन्छन् : बजेटले मनोबल बढाए पनि कार्यान्वयनमा आशंका छ सशस्त्रले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न संयुक्त समिति गठन पशुपति क्षेत्र विकास कोषको कदमप्रति तिलगंगावासीको विरोधः ‘हामी सुकुम्बासी होइनौँ, राज्यले अधिकार हनन गर्‍यो’ जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ ‘आधुनिक चिकित्ससँगै आयुर्वेद, योग र ध्यानलाई प्रोत्साहन गर्ने कदम सकारात्मक’ सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्रमा सेन्टरमा ‘दुरविन’ प्रविधिबाट मेरुदण्डको शल्यक्रिया



अ+ अ-

काठमाडौँ । राष्ट्रिय ट्रमा सेन्टरमा इन्डोस्कोपिक स्पाइन सर्जरी (दुरविनबाट गरिने मेरुडण्डको शल्यक्रिया) प्रविधिबाट गरिने भएको छ । दुरविनबाट मेरुडण्डको शल्यक्रिया गर्दा बिरामीलाई धेरै सहज हुने छ ।

सेन्टरका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा बद्री रिजालले दुरविन प्रविधिबाट मेरुदण्डको गरिने शल्यक्रियाको सबै तयारी पूरा भइरहेको जानकारी दिनुभयो । शल्यक्रियाका लागि सेन्टरमा उपकरण आइसकेको छ । सेन्टरमा यसअघि नशा च्यापिएकालाई माइक्रोस्कोपिक सर्जरी (थोरै चिरेर गरिने शल्यक्रिया) हुने गर्दथ्यो ।

उहाँले चीनमा सेन्टरका तीन जना चिकित्सकलाई तालिममा पठाएर यही महिनाभित्र नै सेवा सञ्चालन गर्ने बताउनुभयो । उहाँका अनुसार दुरविनबाट सानो प्वाल पारेर मेरुदण्डमा नशा च्यापिएको शल्यक्रिया गरिन्छ । “मेरुदण्डमा नशा च्यापिएको हुन्छ र चोटपटकले गर्दा पनि नशा च्यापिएको हुन्छ, दुरविनबाट शल्यक्रिया गर्दा रक्तस्राव कम हुने, ठूलो घाउ नहुने र अस्पतालको बसाइ पनि बिरामीको कम हुन्छ”, उहाँले भन्नुभयो ।

सेन्टरका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा रिजालले इन्डोस्कोपिक स्पाइन सर्जरी महँगो भए पनि बिरामीलाई सरकारले उपलब्ध गराएको रु एक लाखमा गर्ने बताउनुभयो । सेन्टरका वरिष्ठ हाडजोर्नी शल्य रोग विशेषज्ञ डा राजेश चौधरी स्पाइन सर्जरी जटिल भएकाले समयमा नै बिरामीले उपचार गर्न सके निको हुने बताउनुहुन्छ । “बिरामीहरु मेरुदण्ड दुख्यो भने इन्जेक्सन लगाएर केही समय सञ्चो हुने चलन बिरामीलाई छ, यसले केही बेर सन्चो भएको महसुस गरे पनि दीर्घकालीन उपचार यो होइन”, उहाँले भन्नुभयो, “मेरुदण्डको नशा च्यापिएरको दीर्घकालीन समस्या समाधान शल्यक्रिया नै हो ।”

यस्तै सेन्टरले घुँडा र हिपको जोर्नीको प्रत्यारोपण पनि गर्दै आइरहेको छ । घुँडा खिइएको, उमेर पुगेपछि घुँडाले काम नगर्ने, घुँडा बिग्रेको घुँडाको नशा च्यातिएकोजस्ता घुँडाका समस्याको पनि प्रत्यारोपण हुँदै आएको सेन्टरका मेडिकल सुपरिन्टेन्डेन्ट डा रिजालले जानकारी दिनुभयो । उहाँले हप्तामा १० देखि १५ वटा प्रत्यारोपण अस्पतालमा हुँदै आएको छ ।

“जोर्नी खिइएर मानिसलाई हिँड्न र नसक्ने, उठ्न सक्दैनन् । जोर्नी खिइएर जोर्नीको आकार बिग्रेर हिँड्न नै समस्या हुने गर्दछ, चोटपटकले गर्दा जोर्नी बिग्रेपछि जोर्नी फेर्नुपर्ने अवस्था हुने गर्दछ”, उहाँले भन्नुभयो, “ती सबैको शल्यक्रियामार्फत उपचार गरिन्छ ।”

खेल खेल्दा घँुडाको नशा च्यातिने र ढाडमा चोट लागेर पनि नशा च्यापिने गर्दछ । यसैगरी सेन्टरमा न्यूरो सर्जरी टाउकोमा लागेको चोट पटक, हाडजोर्नी र मासुमा हुने ट्युमरको पनि सेन्टरमा शल्यक्रिया गरेर उपचार हुने गर्दछ ।

उपचारपछि ट्रमाका बिरामीलाई पुनः स्थापनामा समस्या

अस्पताललाई उपचार गरेका बिरामीलाई स्थानान्तरण गर्ने ठाउँको अभावले अस्पतालमा नै राख्नुपर्ने बाध्यता रहेको छ । उपचारपछि फिजियोथेरापीका लागि स्थानान्तरण गर्न सके अरु बिरामीको उपचारको सेवा अस्पतालले दिनसक्ने थियो ।

“उपचारपछि बिरामी अयन्त्र सार्न नपाएको हुनाले ति बिरामीको बसाइ अहिले औसतमा नौ दिन भइरहेको छ”, उहाँले भन्नुभयो, “यदि पुनःस्थापना केन्द्र भइदिएको भए हामी यहाँ बिरामीको औसत बसाइ तीनदेखि चारदिन मात्र हुने थियो, धेरै दिन बिरामीलाई अस्पतालमा राख्दा अन्य बिरामीले अस्पतालबाट सेवा पाएका छैनन् ।”

हाडजोर्नीमा चोटपटक लागेका बिरामीलाई तीन–चार दिनको अस्पतालमा उपचार गरेपछि पुनः स्थापना केन्द्रमा राखेर उपचार गर्न सकिन्छ । सेन्टरले ललितपुरको गोदावरीमा जग्गा प्राप्तिको प्रक्रियामा रहेको छ । सेन्टरका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा रिजालले यही वर्षदेखि भाडामा ठाउँ लिएर भए पनि सञ्चालन गर्ने तयारी गरिएकोे बताउनुभयो ।

सेन्टरमा एमआरआई सेवा पनि यसै वर्षदेखि सञ्चालन गर्ने तयारी रहेको उहाँले बताउनुभयो । अस्तपालमा सघन उपचार कक्ष (आइसियु) ११, हाइडिपेडेन्सी युनिट आठ र मोडुलेटर शल्यक्रिया कक्ष पाँच वटा अस्पतालमा सञ्चालन भइरहेका छन् । अस्पतालमा दैनिक ५०० बिरामी उपचार गर्न आउँदछन् । आर्थिक वर्ष २०८१/८२ मा एक लाख १४ हजार ८०० बिरामीको सेन्टरमा उपचार गरिएको थियो । तिमध्ये सात हजार ८१७ जनाको शल्यक्रिया गरिएको जनाइएको छ । रासस