२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला आयोगमा आफैँले कार्यबाहक तोकेपछि…



अ+ अ-

काठमाडौँ । राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमल पराजुली विदेश गएर लामो समयदेखि नफर्किएको र कसैलाई पनि कार्यबाहक नतोकेको भनेर सदस्य कृष्ण कुमारी पौडेलले आफैँलाई आयोगको कार्यबाहक अध्यक्ष तोकेकी छिन् ।

उनले आज आयोगको लेटरहेडमा आफूले नै आयोगको कार्यबाहक अध्यक्ष भई काम गर्ने भनी लेखेर आफ्नै पत्र सार्वजनिक गरेकी छिन् ।

आयोगकी अध्यक्ष कमला कुमारी पराजुली २०८२ असोज ५ गतेदेखि आयोगमा अनुपस्थित भएपछि पौडेलले राष्ट्रिय महिला आयोग ऐन, २०७४ को दफा २० र संविधानको धारा १०१९६० को व्यवस्था उल्लेख गर्दै आफू वरिष्ठतम सदस्य भएकाले कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्ने भन्दै सूचना जारी गरेकी हुन्।

यअघि पनि लामो समयदेखि आयोगकी अध्यक्ष पराजुली र सदस्य पौडेलकाबीचमा विवाद रही आएको थियो ।

पौडेलले पराजुलीले आयोगको घरभाडा लिँदादेखि अन्य कामहरुमा पनि भ्रष्टाचार गरेको तथा आयोगलाई आएको बजेट समेत आफ्नो एनजिओमा लाने गरेको भन्दै सार्वजनिक रुपमा नै विरोध गरिरहेकी थिइन् ।

आयोगकी सदस्य पौडेलले आफैँले आफूलाई अध्यक्षको कार्यभार तोकेर पत्र सार्वजनिक गरेको विषयमा अहिले व्यापक मात्रामा चर्चा भइरहेको छ ।