३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज प्रधानमन्त्री कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्नुहुने



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की आज साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै हुनुहुन्छ । प्रधानमन्त्रीको सम्बोधन साँझ ६ बजे हुने कार्यतालिका तय भएको सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयले जनाएको छ ।

गत २३ र २४ भदौमा भएको जेनजीहरूको आन्दोलनपछि कार्की २७ भदौमा प्रधानमन्त्री नियुक्त हुनुभएको थियो । नियुक्तिपछि पहिलोपटक राष्ट्रलाई सम्बोधन गर्न लागेकी उहाँले आगामी निर्वाचनलगायत समसामयिक विषयमा सरकारको धारणा सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।

कार्की नेतृत्वको सरकारले प्रतिनिधिसभा विघटन गरी आगामी २१ फागुनमा आम निर्वाचन गर्ने घोषणा गरिसकेको छ । यसबीचको राजनीतिक अवस्थाबारे स्पष्ट धारणा राख्ने सम्भावना सम्बोधनमा रहेको बताइएको छ ।