२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाख्रा अनुसन्धान केन्द्रमा घाँसको समस्या



अ+ अ-

तनहुँ। तनहुँको बन्दीपुरमा रहेको राष्ट्रिय बाख्रा अनुसन्धान कार्यालयले २९ जिल्लामा प्रजनन् योग्य पाठापाठी वितरण गरेको छ । कार्यालयले गत आर्थिक वर्षमा २९ जिल्लामा प्रजनन् योग्य पाठापाठी वितरण गरेको हो ।

कार्यालयले १९१ पाठापाठी वितरण गरेको वरिष्ठ कृषि अधिकृत बुद्धिराम आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार १४८ बोका र ४३ पाठी वितरण गरिएको छ । शुद्ध बोर, शुद्ध सानन, जमुनापानी, शुद्ध खरी, शुद्ध सिन्हाललगायत विभिन्न प्रजातिका पाठापाठी वितरण गरेको आचार्यले बताउनुभयो ।

उहाँका अनुसार शुद्ध बोर ५० वटा धादिङ, गोरखा, तनहुँ, दोलखा, सल्यान, लमजुङ, रसुवा, कास्की, बैतडी, सुर्खेत, स्याङ्जा, नुवाकोट, सिन्धुली, रोल्पा, धनुषा, अर्घाखाँची र बारामा वितरण गरिएको छ । बोर ९८.४४ प्रतिशत एउटा गोरखामा, बोर ९६.८७ प्रतिशत १० वटा पर्वत, धादिङ, कास्की, नुवाकोट, गोरखा, सिन्धुली र धनुषामा वितरण गरिएको छ । बोर ९३.७५ प्रतिशत १८ वटा गोरखा, धादिङ, कपिलवस्तु, काठमाडौँ, स्याङ्जा, दोलखा, धनुषा, तनहुँ र बारामा वितरण गरिएको आचार्यले बताउनुभयो ।

यसैगरी बोर ८७.७५ प्रतिशत ३१ गोरखा, धादिङ, काठमाडौँ, स्याङ्जा, तनहुँ, बारा, सल्यान, नुवाकोट, नवलपरासी (बसपु) र लमजुङमा वितरण गरिएको छ । बोर ७५ प्रतिशत २० वटा धादिङ, सिराहा, काठमाडौँ, कास्की, गोरखा, तनहुँ, नवलपरासी (बसपु), लमजुङ, सिन्धुली र बारामा वितरण गरिएको जनाइएको छ । बोर ५० प्रतिशत २० वटा काभ्रेपलाञ्चोक, काठमाडौँ, ललितपुर र गोरखामा, सानन ९६.८७ प्रतिशत छ वटा धनकुटा, सुर्खेत, बैतडी, ताप्लेजुङ, नुवाकोट र गुल्मीमा वितरण गरिएको छ ।

सानन ९३.७५ प्रतिशत एउटा पर्वतमा, सानन ८७.५ प्रतिशत एउटा गुल्मीमा, सानन ७५ प्रतिशत छ काठमाडौँ, कास्की, रसुवा र बैतडीमा, सानन ५० प्रतिशत रसुवामा, जमुनापारी ५० प्रतिशत एउटा नवलपुरमा, शुद्ध खरी २० वटा नवलपुर, सुर्खेत, मकवानपुर, तनहुँ र गोरखामा र शुद्ध सिन्हाल एउटा काठमाडाँैमा वितरण गरिएको जनाइएको छ ।

कार्यालयले बाख्राको अनुसन्धानका लागि विभिन्न जिल्लामा स्रोतकेन्द्र स्थापना गरिएको छ । तनहुँको भानु नगरपालिकास्थित बरभज्याङ, आँबुखैरेनी गाउँपालिकास्थित बरादीमा, घिरिङमा, गोरखाको बक्राङ, स्याङ्जाको पेखुथाना र धादिङको निलकण्ठमा बाह्य अनुसन्धान केन्द्र स्थापना भएका छन् ।

केन्द्रमा बाख्राहरुलाई चरिचरणको घाँसमा बाह्य जनावरबाट क्षति हुने गर्दा समस्या हुने गरेको छ । त्यस्तै हिउँद तथा सुख्खा मौसममा बाख्रालाई घाँसको कमी हुँदै आएको छ । त्यसका लागि सरपानी तथा आले गाउँमा जमिन सम्याई घाँस लगाइएको छ ।

कूल ८० हेक्टर क्षेत्रफलमा फैलिएको केन्द्रमा बाख्राको लागि आवश्यक पर्ने डालेघाँस, भुइँघाँसको खेती गरिएको छ । बाख्रालाई विशेष गरेर नेपियर, मोलाटो, सेटारिया, सिग्नल घाँस, किम्भु खनायोलगायतका घाँस खुवाउने गरिएको छ ।रासस