२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध
तपाईं के खोज्दै हुनुहुन्छ ?

व्यापारी भन्छन्ः सडक अवरुद्ध भइरहे दशैँमा काठमाडौंमा मासुको माग पूरा गर्न सक्दैनौँ



अ+ अ-

काठमाडौँ । निजी क्षेत्रबाट ल्याइएका खसी, बोका र च्याङ्ग्राहरु बजारमा बेच्नका लागि राखिएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्ष दशैँमा खसी, बोका, च्याङ्ग्रा विक्री नगर्ने भएसँगै काठमाडौं उपत्यकामा निजी क्षेत्रले भित्र्याएका खसी बोकाहरु बजारमा बेच्नका लागि राखिएको हो । काठमाडौंको टुकुचा खसी बजार, कलंकीस्थित खसी बजार, भृकुटीमण्डप लगायतका स्थानहरुमा व्यापारीहरुले विभिन्न स्थानबाट ल्याएका खसीबोकाहरु देख्न सकिन्छ ।

धादिङ, नुवाकोट, काभ्रेपलाञ्चोक, दोलखा लगायतका जिल्लाहरुबाट व्यापारीहरुले खसी, बोकाहरु काठमाडौं ल्याएका छन् । जेन—जी आन्दोलनका क्रममा सरकारी सम्पतीमाथि भएको आगजनी, तोडफोडबाट भौतिक संरचनाहरु ध्वस्त भएसँगै लिमिटेडले यस वर्ष सरकारी स्तरबाट खसी, बोका, च्याङ्ग्रा विक्री नगर्ने निर्णय गरेको छ । तर बजारमा निजी क्षेत्रबाट ल्याइएका खसी बोकाहरु उपलब्ध हुने र व्यापारीहरुले मूल्य बढाउनसक्ने भएकाले अनुगमन जारी रहने बताएको छ । यसबाट आम उपभोक्तालाई केही असर पर्ने देखिएपनि निजी क्षेत्रले जटिल अवस्थामा सहयोग गर्ने विश्वास सरकारको छ ।

कम्पनीले यसअघि करिव १ हजार ५ सय खसीबोका र ३ सय च्याङ्ग्रा आपूर्ति गरी सुपथ मूल्यमा विक्री गर्ने तयारी गरेको थियो । तर अशान्त परिस्थिति र यातायात सहज नहुन सक्ने जोखिमका कारण विक्री नगर्ने निर्णय लिइएको हो । यद्यपि खाद्यले दशैंका लागि आवश्यक खाद्यान्न र अन्य सामग्री भने सुपथ पसलमार्फत विक्री वितरण शुरु गरिसकेको छ । दशैँका लागि टुकुचा खसी बजार, हरिहर भवनस्थित पशु सेवा विभागको चाडपर्व लक्षित पशुपंक्षी बजार सञ्चालनमा रहेका छन् । कलंकीको खसी बजारका व्यवस्थापन समितिका व्यवस्थापक जीवनराज खतिवडा कलंकी खसी बजारमा विगत ३१ वर्षदेखि सञ्चालनमा रहेको र खाद्यले समेत खसी बोका विक्री नगरेसँगै चुनौति थपिएको बताउनु भयो । त्यसलाई मध्यनजर गर्दै काठमाडौंवासीलाई सहज र सुलभ तरिकाले उपलब्ध गराउने भन्नेबारेमा तल्लिन रहेको बताउनु भयो ।

काठमाडौंको माग पूरा गर्न देशका विभिन्न ३५ जिल्लाहरुबाट खसीबोका ल्याइरहेको बताउनु भयो । पहिरो र सडकको अवस्थाले सय भन्दा बढी खसी,बोकाहरु सडकमै मरेको बताउनु भयो । व्यापारीहरु त्यसबाट चिन्तित रहेको बताउनु भयो । अघिल्लो वर्षको तुलनामा खसी,बोकाको मूल्य खासै नबढेको बताउनु भयो । विगत वर्षहरुमा पनि खाद्यको भन्दा सस्तोमा खसी,बोका उपलब्ध गराएको दाबी गर्नुभयो । मूल्यमा खासै उत्तारचढाव नआउने र खाद्यले नल्याउँदा पनि मूल्य विगतकै कायम राखेर सहज रुपमा विक्री गर्ने व्यवस्था मिलाएको बताउनु भयो । गत वर्ष करिव २५ हजार खसीबोका, दशैँमा विक्री भएको र अहिले पनि त्यहीअनुसारको व्यवस्थापन मिलाइएको बताउनु भयो । सडकहरु अवरुद्ध नभएको खण्डमा मात्रै त्यो माग पूरा गर्नसक्ने बताउनु भयो । सडक अवरुद्ध भएको खण्डमा उपत्यकाको माग पूरा गर्न नसक्ने अवस्था रहेको बताउनु भयो ।

खसी व्यपारी सन्तोषबहादुर खत्रीले बजारमा खसी बोकाहरु प्रशस्त खसी बोकाहरु रहेको र १० हजार भन्दा बढी खसी बोकाहरु रहेको बताउनु भयो । बजारको माग पनि राम्रो रहेको बताउनु भयो । विगतकै मूल्यमा खसीबोका बेचिरहेको बताउनु भयो । बाटोको समस्याले खसी बोका आयात गर्न कठिनाइ भइरहेको बताउनु भयो । त्यस्तै अर्को व्यापारी बलराम कुँवरले दशैँमा बाटोका कारणले खसी बोका आयातमा कम भइरहेको बताउनु भयो । बसबाट थोरै संख्यामा खसीबोका ल्याउन सहज गर्न पनि माग गर्नुभयो । प्यासेन्जर गाडीमा खसी हाल्न नपाएपछि उपत्यकामा खसीको अभाव हुने बताउनु भयो ।

खसी बजारमा जिउँदो खसीको मासु प्रतिकेजी ६ सय ७० रुपैयाँदेखि ७ सय ३० रुपैयाँसम्म रहेको छ । त्यस्तै जिउँदो बोकाको मूल्य प्रतिकेजी ६ सइ ५० देखि ७ सय ३० सम्म रहेको छ । त्यस्तै जिउँदो च्याङ्ग्राको मूल्य प्रतिकेजी १ हजार २ सय ४० देखि १ हजार ३ सय रुपैयाँसम्म रहेको छ ।