२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागलुङ कालिका मन्दिरमा दर्शनार्थी घटे



अ+ अ-

ढोरपाटन । यहाँस्थित प्रसिद्ध धार्मिक शक्तिपीठ बागलुङ कालिका भगवती मन्दिरमा आउने भक्तजनको सङ्ख्यामा उल्लेख्य कमी आएको छ । विगतका वर्षमा नवरात्र सुरु भएपछि दैनिक हजारौँ दर्शनार्थी कालिका मन्दिरमा आउने गरे पनि यस वर्ष भने उल्लेख्य कमी आएको बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिनुभयो ।

मन्दिरमा बडादसैँ र चैते दसैँमा विशेष पूजा हुन्छ । मन्दिरमा गत वर्षको बडादसैँमा चार लाखले दर्शन गरेका थिए । “अघिल्ला वर्षहरुको तुलनामा यस वर्षको नवरात्रका बेला झण्डै ५० प्रतिशत कम दर्शनार्थी आएका छन्”, अध्यक्ष खड्काले भन्नुभयो, “गत भदौमा भएको आन्दोलनका कारण दर्शनार्थी घटेको आकलन गरिएको छ ।”

कालीका भगवती मन्दिरमा पूजा र दर्शन गर्दा मनोकामना पूरा हुने विश्वास छ । मन्दिरमा भक्तजनले पञ्चबली पनि दिन्छन् । अध्यक्ष खड्काका अनुसार मन्दिरमा पूजाका लागि लाइन बस्ने, बलीलाई व्यवस्थित बनाउने, सहायता कक्ष, सूचना बोर्ड र प्रसाद वितरणको व्यवस्थापन गरिएको छ ।

अघिल्लो वर्ष दसैँको बिदा सुरु भएपछि राजधानीसहित देशभरबाट हजारौँको सङ्ख्यामा दर्शनार्थी आएको भएपनि यस वर्ष आन्दोलनका कारण धेरैमा उल्लास नहुँदा कम भएको खड्काले बताउनुभयो ।

पर्वतका राजा प्रतापी नारायण मल्लले पाल्पाका राजा मणिमुकुन्द सेनकी राजकुमारी विश्रवादेवीसँग विवाह गर्दा राजकुमारीले पाल्पा माझकी देवी कालिकालाई साथैमा ल्याएर विधिपूर्वक स्थापना गरेको किंवदन्ती अनुसार विसं १५९१ देखि मन्दिर स्थापना गरेर मेला र पूजा सुरु भएको हो ।