काठमाडौँ। नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक असोज २६ गते बोलाएको छ। बैठकमा पार्टी सभापति शेरबहादुर देउवा उपस्थित हुनु हुने जनाइएको छ ।
गएको भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा कुटपीटमा परेका सभापति शेरबहादुर देउवा र उहाँकी धर्मपत्नी एवं कांग्रेस केन्द्रीय सदस्य डा. आरजु राणा देउवा अझै अस्पतालमा उपचाररत हुनुहुन्छ ।
बुढानीलकण्ठस्थित उहाँहरुकाे निजी निवास नै कब्जामा लिएर आन्दोलनकारीले आक्रमण गरी कुटपिट गरेका थिए भने घरमा आगजनी गरेर ध्वस्त बनाएका थिए ।
बैठक असोज २६ गते आइतबारका दिन दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बोलाइएको हो ।













