२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
विद्यार्थीमा जलवायु सचेतना फैलाउन वक्तृत्वकला प्रतियोगिता कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

समस्यालाई पहिचान गरेर अघि बढ्नुको विकल्प छैनः उमेशजंग रायमाझी



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता उमेशजंग रायमाझीले समस्यालाई पहिचान गरेर अघि बढ्नुको विकल्प नरहेको बताउनुभएको छ ।

विपी काँग्रेसले काठमाडौंमा आयोजना गरेको चियापान तथा छलफल कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले समस्याकै कारण आन्दोलन भएको बताउँदै अहिले मुलुक जलेको बताउनु भयो । सिंहदरबार त्यसै नजलेको उल्लेख गर्नुहुँदै राजनीतिक दलका कमी कमजोरीका कारण सिंहदरबार जलेको बताउनु भयो । संहदरबारमा किन नागरिकलाई छिर्न निषेध गरियो ? भन्दै प्रश्न गर्नुभयो । अहिले पनि नागरिकलाई सिंहदरबार आफ्नो नलागेको पनि बताउनु भयो । राजनीतिक दलहरु राम्रोसँग नचल्दा ब्युरोकेसी र न्यायालयमा समेत प्रभाव परेको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘समस्या छ, आन्दोलन भएको छ । मुलुक जलेको छ । सिंहदरबार जलेको छ । सिंहदरबार त्यसै जलेको छैन । हाम्रा कमी, कमजोरीले जलेको छ । सिंहदरबारमा किन नागरिकलाई छिर्न निषेध गरियो । नागरिकलाई सिंहदरबार आफ्नो लाग्दै लागेन । ति कुराहरु हामीले ख्याल गर्नुपर्छ । दलहरु राम्रोसँग नचल्दा यो अवस्था आएको हो । हाम्रा नीतिगत, वैधानिक समस्या र दम्भहरुका कारण राजनीतिक दलहरु राम्रोसँग चल्न सकेनन् । ब्युरोकेसी राम्रो चलेन । न्यायालय पनि त्यसकै मारमा प¥यो । कहाँनेर समस्या भयो, त्यसलाई बुझेर अघि बढ्नुपर्छ ।’

उहाँले सिंहदरबार नेपाली हातले जलाउन नसक्ने जिकिर गर्नुभयो ।