२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पश्चिम बङ्गालका निकुञ्जमा बाढी, वन्यजन्तुहरू पलायन



अ+ अ-

कोलकाता। भारतमा भारी वर्षापछि पश्चिम बङ्गालका दुई प्रसिद्ध वन्यजन्तु निकुञ्ज डुबानमा परेपछि बाघ, चितुवा र हात्तीको झुण्ड भागेको राज्य अधिकारीहरूले बुधबार जानकारी दिएका छन् ।

अक्टोबर ३ देखि राज्यभरि बाढी र भूस्खलनमा कम्तीमा ३६ जनाको मृत्यु भएको छ । भारी वर्षाले सयौँ घर ध्वस्त पारेको छ, चिया बगानहरू बगाएको छ र सडकहरू दुर्गम भएका छन् ।

बाढीले गोरुमारा र जलदापारा राष्ट्रिय निकुञ्जको ठूलो भाग डुबाएको छ । यो निकुञ्जले हिमाली फेदमा संरक्षित आरक्षहरूमा हात्ती, अर्ना, बाघ र लुप्तप्राय एक सिङ्गे गैँडालाई आश्रय दिएको छ ।

“दुईवटा वन्यजन्तु निकुञ्ज बाढीको पानीमा डुबेका कारण जनावरहरू बाहिर निस्कन बाध्य भएका छन्”, पश्चिम बङ्गालका वनमन्त्री वीरबाह हंसडाले भन्नुभयो । उहाँका अनुसार ३० हात्तीको झुण्ड भागेको थियो । पानीबाट भागिरहेको देखिएको थियो ।

उहाँले एउटा चितुवा ‘धमिलो पानी’ मा देखिएको थियो, तर त्यसबेलादेखि देखिएको छैन । केही जनावरहरू भाग्न सकेनन् । “नदीको किनारमा मरेका जनावरहरूको शव निस्कन थालेको छ”, उहाँले मरेका जनावरहरूमा दुई चितुवा, एउटा गैँडा र धेरै अर्ना र हरिण रहेको जानकारी दिँदै भन्नुभयो ।

केही उद्धारहरू सफल भए । “नदीको किनारमा फसेको एउटा वयस्क गैँडा र दुई हात्तीको छावालाई बाहिर निकाल्न दुई बन्दी हात्तीहरू प्रयोग गरिएको थियो”, उहाँले भन्नुभयो ।

भारतको एक सिङ्गे एसियाली गैँडाको जनसङ्ख्या विगत चार दशकमा संरक्षण प्रयास र अवैध शिकार विरोधी कदमका कारण लगभग तीन गुणा बढेको छ । चार दशक पहिले एक हजार पाँच सय रहेको जनसङ्ख्या अहिले चार हजारभन्दा बढी छ । (रासस\एएफपी)