२४ असार २०८३, बुधबार
,
Latest
अर्जेन्टिनाको रोमाञ्चक जित, इजिप्टले अग्रता जोगाउन नसक्दा पराजित प्रधानमन्त्री शाह भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा मधेस सरकारको बजेटमाथिको छलफल अन्यौलमा मध्यपूर्व द्वन्द्वबाट उत्पन्न वित्तीय जोखिम कायमैः बैङ्क अफ इङ्गल्याण्ड नक्कली भुटानी शरणार्थी प्रकरण: टोपबहादुरका छोरा सन्दीपसहित ६ जनाले पाए सफाइ पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप १४ वर्षसम्म पनि अधुरो कमला पुल निर्माण, सास्ती भोग्दै स्थानीय नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर कांग्रेसको नीति प्रतिष्ठानमा आठ सदस्य मनोनित म्याग्दीमा दुई जिप दुर्घटना हुँदा ९ जना घाइते, एकको अवस्था गम्भीर
तपाईं के खोज्दै हुनुहुन्छ ?

तिहारमा काठमाडौं महानगरका ३२ स्थानबाट फूलमाला विक्री गर्न पाइने



अ+ अ-

काठमाडौँ । काठमाडौं महानगरपालिकाले तिहारमा फूलमाला विक्री वितरणका लागि ३२ वटा स्थानहरु तोकेको छ ।

शुक्रवार पत्रकार सम्मेलन गर्दै महानगरले फूलमाला विक्री वितरणका लागि ३२ वटा स्थान तोकेको हो । तिहारमा हुने अव्यवस्थित फूलमालाको बजार व्यवस्थापन गर्न ३२ स्थान तोकेको महानगरले जनाएको छ । महानगर क्षेत्रभित्रका ३२ स्थानमा हुने फूलमाला विक्री तथा वितरण केन्द्रबाट नेपाली किसानले उत्पादन गरेका फूलमाला मात्रै विक्री गर्न पाइनेछ । महानगरले विशेष गरी स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यसहित यस्तो कदम चालेको बताएको छ । महानगरले जनाएअनुसार यी वितरण केन्द्रहरुबाट नेपालमै उत्पादन भएका फूल र मालाहरु मात्र विक्री गरिनेछन् ।

विगतमा भारत लगायत अन्य मुलुकबाट आयात गरिने फूलमालालाई प्रतिस्थापन गर्न तथा नेपाली कृषक र स्थानीय उद्यमीलाई बजार उपलब्ध गराउने काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताउनु भयो । नगर प्रहरी प्रमुख पाण्डेकाअनुसार महानगरले नयाँ बानेश्वरको एन.वि. सेन्टर, शंखमुुलको विग मार्ट,  नयाँ बानेश्वरको आई प्लेक्स महल, मध्यबानेश्वर सेल्स बेरी, बत्तिसपुतलीको फोनेक्स टावर, तिनकुुनेको तिनकुने चौर, सिफलको सिफल चौर, चावहिलको एस पी कम्लेक्स, गणेशस्थानको तरकारी बजार, केयल टावर अगाडि र चावहिल सेन्टर अगाडि, स्वयम्भुको धर्म चौक पार्क, कालीमाटिको कालीमाटी बाङ्गक्यूट र द्यौखेल, कलंकीको भाटभटेनी, नयाँ बजारको भ्याली कोल्ड स्टोर, माछापोखरीको बुद्ध महल र गुणस्तर खाल्डो, हाँडिगाउँको ५ वडा अगाडिको डबली र ५ वडा गणेश मन्दिर डबली, सामाखुसीको कोईराला स्मार्टः २६ वडा सामाखुसी, महाराजगञ्जको सेल्स बेरी, गोंगबुको बिगमार्ट, चपलकारखानाको बिगमार्ट, बालुवाटारको बिगमार्ट, कामलादीको आईटि बिल्डिङ्ग, पुतली सडकको स्टार महल, अनामनगरको भाटभटेनी, टेवल मन्दिर परिसर, सुन्धरको काठमाडौं महल, वडा नम्बर २८ अद्वेतमार्गको वडा कार्यालय बनाउने ठाउँमा र न्यूप्लाजा बज्र कम्लेक्सको गुड मार्टमा विक्री वितरण केन्द्र स्थापना गर्ने बताउनु भयो । उहाँले अवैध रुपमा विदेशी फूलमाला ल्याइ बेचेको पाइए महानगर प्रहरीलाई सूचना दिन आग्रह गर्नुभयो । उहाँले नेपाली उत्पादनलाई प्रोत्साहन गर्न आह्वान गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘नेपाली किसानहरुलाई प्रोत्साहन गर्नका लागि म सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीलाई अनुरोध गर्न चाहन्छु । हाम्रो उत्पादनलाई चाहीँ हामी आत्मनिर्भर हुनुपर्दछ र हाम्रो उत्पादनलाई प्रयोग गर्नुपर्छ । खोजी खोजी हाम्रो नेपाली फूलहरु कुन कस्ता प्रकृतिका छन् भन्ने हिसावले सबैले चिन्न सकिने अवस्था छ र कुनै कन्फ्युजन भएमा र कहीँ कतै त्यस्तो अवैध रुपमा आयातित भएका फूलहरु भेटिएको खण्डमा, विक्री भएको भेटिएमा हामीलाई सूचना दिन पनि अनुरोध गर्न चहन्छु ।’

नगर प्रहरी प्रमुख पाण्डेले नेपालीमा उत्पादित फूलहरुलाई प्रचारप्रसार गर्न पनि आग्रह गर्नुभयो । छिमेकी मुलुकबाट आएका अवैध फूलहरु विक्री गरेको पाइए विगतझैँ अहिले पनि अनुगमन गरी कारबाही गर्ने चेतावनी दिनुभयो ।