२४ असार २०८३, बुधबार
,
Latest
अर्जेन्टिनाको रोमाञ्चक जित, इजिप्टले अग्रता जोगाउन नसक्दा पराजित प्रधानमन्त्री शाह भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा मधेस सरकारको बजेटमाथिको छलफल अन्यौलमा मध्यपूर्व द्वन्द्वबाट उत्पन्न वित्तीय जोखिम कायमैः बैङ्क अफ इङ्गल्याण्ड नक्कली भुटानी शरणार्थी प्रकरण: टोपबहादुरका छोरा सन्दीपसहित ६ जनाले पाए सफाइ पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप १४ वर्षसम्म पनि अधुरो कमला पुल निर्माण, सास्ती भोग्दै स्थानीय नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर कांग्रेसको नीति प्रतिष्ठानमा आठ सदस्य मनोनित म्याग्दीमा दुई जिप दुर्घटना हुँदा ९ जना घाइते, एकको अवस्था गम्भीर
तपाईं के खोज्दै हुनुहुन्छ ?

सीमापार आतंकवाद दक्षिण एशियाको शान्ति र स्थायित्वका लागि खतराः एस. जयशंकर



अ+ अ-

काठमाडौँ । भारतीय विदेशमन्त्री एस. जयशंकरले बिहीवार क्षेत्रीय सुरक्षा र सहकार्यसम्बन्धी सम्मेलनमा बोल्दै सीमापार आतंकवाद दक्षिण एशियाको शान्ति र स्थायित्वका लागि सबैभन्दा ठूलो खतरा भएको बताउनुभएको छ । कुनै देशको नाम नलिई विदेशमन्त्री जयशंकरलेआतंकवादलाई प्रायोजन, संरक्षण वा कुनै बहानामा जायज मान्न  नहुने बताउनु भयो ।

अफगानिस्तानका विदेशमन्त्रीको उपस्थितिमा भएको उक्त कार्यक्रममा  जयशंकरले आतंकवादलाई अलग–अलग रूपमा हेर्न नहुने र आतंकवादी संगठनलाई सुरक्षित आश्रय वा आर्थिक सहयोग प्रदान गर्नेहरूलाई जवाफदेही बनाउनुपर्ने बताउनु भयो । उहाँले ‘केही देशले सीमापार आतंकवादलाई राज्य नीतिको हतियारका रूपमा प्रयोग गरिरहेको’ भन्दै यस्ता कार्यमा विश्व मौन रहन नहुने चेतावनी दिनुभयो ।

भारतले शान्त, स्थिर र समावेशी अफगानिस्तानको समर्थन दोहो¥याउनु भयो । अफगान मन्त्रीले भारतको पुनर्निर्माण र मानवीय सहायताको भुमिकाको प्रशंसा गर्नुभयो । छलफलमा क्षेत्रीय सम्पर्क, आतंकवादविरुद्ध सहकार्य र विश्वव्यापी कट्टरपन्थी सञ्जाल नियन्त्रणका लागि सामुहिक प्रयासको आवश्यकतामा जोड दिइएको छ । जयशंकरको भनाइले आतंकवादविरुद्ध भारतको कडा अडान र क्षेत्रीय सहकार्यबाट सुरक्षालाई प्रोत्साहन गर्ने प्रतिवद्धता पुनः पुष्टि गरेको छ ।