२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेनजी प्रदर्शनका ९२ जना घाइतेलाई भैपरी खर्च दिइने



अ+ अ-

गण्डकी। गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा घाइते भएका कास्कीका ९२ जनाले घाइते परिचयपत्रसहित भैपरी खर्च पाउने भएका छन् ।

जिल्ला प्रशासन कार्यालयका अनुसार गृह मन्त्रालयबाट प्राप्त घाइतेहरूको सूचीबमोजिम कास्की स्थायी ठेगाना भएका घाइतेहरूलाई आइतबारदेखि परिचयपत्र वितरण गरिने भएको हो ।

परिचयपत्र वितरणपछि सोही आधारमा घाइतेलाई तत्कालका लागि भैपरी खर्चबापत रु २० हजारका दरले रकम उपलब्ध गराइने जिल्ला प्रशासनका प्रशासकीय अधिकृत झविश्वर रेग्मीले जानकारी दिनुभयो ।

भैपरी खर्चका लागि प्रदर्शनका क्रममा घाइते भई अस्पतालमा उपचार गराएको बिरामी टिकट र डिस्चार्जसम्बन्धी कागजात, नागरिकताको प्रमाणपत्र, तस्बिर र घाइतेको नाममा रहेको बैंक खाताको चेकको प्रतिलिपिसहित कार्यालयमा उपस्थित हुन भनिएको छ ।

घाइते स्वयं आउन नसके परिवारका सदस्यलाई सम्पर्क राख्न सूचित गरिएको प्रशासकीय अधिकृत रेग्मीले बताउनुभयो ।
रासस




भर्खरै