१६ असार २०८३, मंगलवार
,
Latest
चुनावमा सबैभन्दा बढी मिथ्या सूचना सामाजिक सञ्जालबाट विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चद्वारा ५ मुद्दाका सक्कल मिसिल झिकाउन आदेश भोजपुरमा प्राविधिक कुटिए गृहमन्त्रीको निर्देशनपछि उद्योगमन्त्री गौरिकुमारी यादवको गाडीबाट कालो सिसा हटाइयो झापामा मकै उत्पादनमा ह्रास जलवायु न्यायमा मन्त्री चौधरीको जोड, पर्वतीय एजेन्डालाई विश्व जलवायु बहसको केन्द्रमा राख्न आग्रह नेपालीहरूको जीवन दर्शन नै सेवा, करुणा, प्रेम, मानवता र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित : राष्ट्रपति… ‘हुलाक ऐन, २०१९’ संशोधन गर्न माग नेप्से परिसूचक २४.६३ अङ्कले घट्यो कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिवि जग्गा खोजबिन समितिको प्रतिवेदन सार्वजनिक, करिब २४ सय रोपनी हिनामिना र अतिक्रमण खुलासा



अ+ अ-

काठमाडौँ । सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि)को जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिको प्रतिवेदन २०८१ आइतबार सार्वजनिक गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त प्रतिवेदन कार्यान्वयनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई पठाउने निर्णय गरेको हो ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा तयार पारिएको उक्त प्रतिवेदन २०८१ मंसिरदेखि सार्वजनिक नगरी लुकाइएको थियो । सो प्रतिवेदनमा त्रिविका सयौं रोपनी जग्गा विभिन्न पहुँचवाल व्यक्तिहरूले अतिक्रमण गरेको उल्लेख गरिएको छ ।

पुष्पकमल दाहाल नेतृत्वको सरकारले २०८१ जेठमा पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । समितिले देशभरका त्रिवि स्वामित्वका जग्गाको अध्ययन गरी करिब २४ सय रोपनी जग्गा हिनामिना तथा अतिक्रमणमा परेको निष्कर्ष निकालेको छ ।

छानबिन अनुसार विश्वविद्यालय परिसर आसपास करिब एक हजार रोपनी जग्गा हराएको, अन्य विभिन्न ठाउँमा झण्डै एक हजार रोपनी अतिक्रमणमा परेको र ललितपुरका लुभु तथा पुल्चोक क्षेत्रमा करिब ४ सय रोपनी जग्गा वर्षौंदेखि भोगचलनबाहिर रहेको पाइएको छ ।

समितिमा पूर्वसहसचिवद्वय महेन्द्रकुमार थापा र जानकीबल्लभ अधिकारी सदस्य रहेका थिए भने त्रिविबाट डा. प्रेमसागर चापागाईं विज्ञ सदस्यका रूपमा सहभागी थिए। संयोजक त्रिताल बिरामी भएपछि थापाले समितिको नेतृत्व सम्हाली प्रतिवेदन बुझाएका थिए ।

सरकारले अब शिक्षा मन्त्रालयमार्फत प्रतिवेदनका सुझाव र निष्कर्ष कार्यान्वयनको प्रक्रिया अघि बढाउने तयारी गरेको छ ।