२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रसिद्ध तीर्थस्थल पाथीभराको यात्रामा भक्तजन (फोटोफिचर)



अ+ अ-

काठमाडौं । ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थलमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।

पाथीभरा पर्वतको शिखरनजिक अवस्थित तीर्थस्थलमा मानिसहरु हिँडेरै पुगिरहेका छन् । कतिपय भक्तजन बोकाएरै भए पनि दर्शन गर्न पुगिरहेका छन् ।

पाथीभरा पवर्तमा उत्पन्न भएकी देवी भन्ने अर्थमा यहाँकी देवलाई पाथीभरा देवी भनिएको हो ।

परापूर्वकालमा गाइ चराउँने गोठालाहरुले स्थापना गरेको पाथीभरा देवी थान शक्ति उपासकहरुका लागि बिशेष ठाउँ हो । यहाँ अझै मन्दिरको भवन बनेको छैन र देवी स्थानको रुपमै यो तीर्थ रहेको छ ।

पाथीभरा देवी स्थाननजिकै २०७७ सालमा किरात मन्दिर भने बनेको छ जसको प्राङ्गणमा गुरु फाल्गुनन्दको शालिक राखिएको छ ।

पाथीभरा क्षेत्र लिम्बु जातिको पनि सामुदायीक आराध्या स्थल बन्न पुगेको छ । यो ताप्लेजुङ जिल्लाको १२ हजार फिट उचाइमा रहेको छ । विश्वास आस्था एवं पवित्रताकी देवी पाथीभराको यो पवित्र स्थल ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङ्गलिङबाट १९ दशमलव ४ किलोमिटर पूर्वोत्तरतर्फ ३७९४ मिटरको उचाईमा अवस्थित छ ।

यहाँ फुङ्लिङ बजारबाट १ दिन पैदल हिँडेर पुगिन्छ । यो मन्दिरमा वर्षभरि भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ ।

तस्बिर : पाथीभरा क्षेत्र विकास समिति