२४ जेष्ठ २०८३, आईतवार
,
Latest
धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

कीर्तिपुर क्रिकेट रंगशालाको गुरुयोजना स्वीकृत, १० अर्ब लाग्ने



अ+ अ-

काठमाडौं । सरकारले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान आयोजनाको गुरुयोजना स्वीकृत गरी यसलाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाका रूपमा निर्धारण गरेको छ ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले सहरी विकास मन्त्रालयको प्रस्तावमा गुरुयोजना स्वीकृत गर्दै क्रिकेट मैदानलाई राष्ट्रिय प्राथमिकतामा सूचीकृत गरेको हो । गुरुयोजनाअनुसार उक्त मैदान निर्माणमा करिब १० अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

सहरी विकासमन्त्री कुलमान घिसिङले यो आयोजना नेपालकै पहिलो अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान बन्ने बताए । उनका अनुसार, अन्तर्राष्ट्रिय खेलकुद आयोजनासँगै पर्यटन प्रवर्द्धनमा पनि यस मैदानको ठूलो योगदान रहनेछ ।

मन्त्री घिसिङले राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको रूपमा जग्गासम्बन्धी सम्झौता, वातावरणीय प्रभाव मूल्याङ्कन अन्तिम रूप दिने र गुरुयोजनाअनुसार दोस्रो चरणको निर्माणका लागि टेण्डर प्रक्रिया अगाडि बढाउने अनुमति मन्त्रिपरिषद्बाट प्राप्त भएको जानकारी दिए ।

केही दिनअघि स्थलगत निरीक्षणमा पुगेका मन्त्री घिसिङले गुरुयोजनाअनुसार भइरहेको निर्माण कार्यलाई बजेट अभाव हुन नदिने गरी अगाडि बढाइने बताएका थिए। हाल रङ्गशालाको पहिलो चरणका संरचनाहरू निर्माणाधीन छन् ।

आगामी मङ्सिर १ गतेदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) अघि नै पहिलो चरणको निर्माण सम्पन्न गर्ने लक्ष्यसहित तीव्रगतिमा काम भइरहेको सहरी विकास मन्त्रालयले जनाएको छ ।