२३ असार २०८३, मंगलवार
,
Latest
प्रधानमन्त्री शाह भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा मधेस सरकारको बजेटमाथिको छलफल अन्यौलमा मध्यपूर्व द्वन्द्वबाट उत्पन्न वित्तीय जोखिम कायमैः बैङ्क अफ इङ्गल्याण्ड नक्कली भुटानी शरणार्थी प्रकरण: टोपबहादुरका छोरा सन्दीपसहित ६ जनाले पाए सफाइ पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप १४ वर्षसम्म पनि अधुरो कमला पुल निर्माण, सास्ती भोग्दै स्थानीय नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर कांग्रेसको नीति प्रतिष्ठानमा आठ सदस्य मनोनित म्याग्दीमा दुई जिप दुर्घटना हुँदा ९ जना घाइते, एकको अवस्था गम्भीर युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसद्वारा सगरमाथा आरोही कान्छा शेर्पाको निधनप्रति दुःख व्यक्त



अ+ अ-

काठमाडौँ, ३१ असोजः नेपाली कांग्रेसले सगरमाथाको पहिलोपटक सफल आरोहण गर्नुभएका कान्छा शेर्पाको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा आज जारी शोक विज्ञप्तिमा एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पासँग पहिलोपटक सगरमाथा आरोहण गर्नुभएका शेर्पाको ९३ वर्षको उमेरमा निधन भएको जनाइएको हो ।

शेर्पाको निधनले एक अनुभवी र ऐतिहासिक घटनाका जीवित साक्षीको अवसानका साथै नेपालको पर्यटन क्षेत्रमा अपूरणीय क्षति पुगेको कांग्रेसले जनाएको छ । स्वर्गीय शेर्पा विश्वभरका आरोहीहरूका लागि प्रेरणाको स्रोत हुनुहुन्थ्यो ।

शेर्पाले नेपालको पर्यटन क्षेत्रमा पुर्याएउनुभएको अतुलनीय योगदान पर्यटन क्षेत्रको इतिहासमा सदा स्मरणीय रहिरहने कांग्रेसले विज्ञप्तिमार्फत जनाएको छ ।

कांग्रेसले स्वर्गीय शेर्पाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँको आत्माको चीरशान्तिको कामना गर्नुका साथै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ । रासस