२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

बसको ठक्करबाट एकको मृत्यु, दुई जना घाइते



अ+ अ-

नवलपरासी। पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को चोरमारा बजारमा यात्रुवाहक बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छभने दुई जना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आज दिउँसो पश्चिमतर्फ जाँदै गरेको जिजे १४ जेड ६४६५ नम्बरको भारतीय बसले सोहीदिशातर्फ जाँदै गरेको प्रदेश ३–०२–०१० प ७२३० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा पछाडि बस्ने ३० वर्षीया अनिता चौधरीको मृत्यु भएको हो ।

अनिताका श्रीमान् मोटरसाइकल चालक सर्लाहीको लालबन्दी–४ का ३४ वर्षीय नरेश चौधरी र उहाँका १० वर्षीय छोरा अनुज चौधरी गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब निरीक्षक मधु नेपालले जानकारी दिनुभयो ।

घाइते दुवैको मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भइरहेको जनाउँदै उहाँले भारतीय यात्रुवाहक बस र चालकलाई प्रहरी चौकी तम्सरियाले नियन्त्रणमा लिएको बताउनुभयो । रासस