२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध
तपाईं के खोज्दै हुनुहुन्छ ?

आँखा शिविरबाट तीन सय जना लाभान्वित



अ+ अ-

बेनी, (म्याग्दी) । धवलागिरि गाउँपालिका–७ ताकममा आयोजित नि:शुल्क आँखा शिविरबाट तीन सय जना लाभान्वित बनेका छन् । म्याग्दी जेसीजको आयोजना र नेपाल नेत्रज्योति सङ्घ आँखा उपचार केन्द्रको प्राविधिक सहयोगमा शनिबार आयोजित शिविरमा सर्वसाधारणले आँखा जाँच गरी उपचार सेवा लिएका हुन् ।

शिविरमा धवलागिरि–७ ताकमका साथै धवलागिरि–२ लुलाङ, वडा नं ३ मुना र वडा नं ४ खिबाङका सर्वसाधारणले समेत आँखा जाँच गराएर उपचार सेवा लिएको जेसीजका शाखा अध्यक्ष विनोद घर्तीले जानकारी दिनुभयो । ग्रामीण भेगका सर्वसाधारण नागरिकलाई आँखासम्बन्धी समस्याको घरदैलोमै उपचार गराउने अवसर दिनका लागि सामाजिक उत्तरदायित्व बहन गरेर शिविर आयोजना गरिएको उहाँले बताउनुभयो ।

शिविरमा नेत्र अधिकृतद्धय दिनेश बानियाँ र गणेश महतोसहित स्वास्थ्यकर्मीको टोलीले आँखा जाँच, औषधि र चश्मा वितरणसँगै परामर्श सेवा दिएको थियो । गाउँमै आँखा उपचार सेवा लिन पाएपछि स्थानीयवासी खुसी भएका छन् । शिविरको उद्घाटन गर्दै धवलागिरि–७ ताकमका वडाध्यक्ष अशोक खत्रीले शिविरले घरदैलोमै उपचार सेवा लिने अवसर दिएको बताउँदै सर्वसाधारण नागरिकलाई राहत भएको बताउनुभयो ।

कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष सन्दीप खत्रीले युवाको नेतृत्व र व्यक्तित्व विकासमा सक्रिय रहेको जेसीजले शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवर्द्धनलगायत क्षेत्रमा रचनात्मक कार्य गरी आफूलाई स्थापित सामाजिक संस्थाका रूपमा अग्रसरता लिएकामा जोड दिनुभयो । नेत्रज्योति सङ्घ म्याग्दीका सभापति अमर बानियाँले आँखा मानिसको अभिन्न अङ्ग भएकाले यसको सुरक्षाको सन्देश र आँखाको समस्यासम्बन्धी उपचार सेवा दिन शिविरले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । रासस