२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

असरानीको निधनपछि डिप्रेसनमा छन् अक्षय कुमार !



अ+ अ-

एजेन्सी । बलिउड अभिनेता असरानीको सोमबार लामो समयदेखिको बिरामीपनका कारण निधन भयो । उनले पाँच दशकभन्दा बढीको अभिनय यात्रामा ३५० भन्दा बढी फिल्ममा काम गरेका थिए ।

त्यहीबेला, असरानीसँग हेरा फेरी र भूल भुलैया जस्ता फिल्ममा काम गरेका अभिनेता अक्षय कुमार उनीहरूको निधनपछि डिप्रेशनमा रहेको बताइएको छ । यो कुरा हालै निर्देशक प्रियादर्शनले एक अन्तर्वार्तामा बताएका हुन् ।

प्रियादर्शनले न्युज १८सँगको अन्तर्वार्तामा असरानीसँग आफूले सबैभन्दा बढी फिल्महरू गरेका बताएका छन् । उनले भने, “मैले असरानीसँग त्यति फिल्में गरेँ, जति ऋषिदा (ऋषिकेश मुखर्जी)ले गरेका थिए । मेरो दोस्रो हिन्दी फिल्म गर्दिश बाटै उनले मसँग काम गर्न सुरु गरेका थिए । म कलेज समयमा नै उनका फिल्महरू हेर्दै आएको थिएँ । उनी कहिल्यै देखावटी थिएनन्, तर सधैं मानिसहरूलाई हसाउँथे ।”

प्रियादर्शनले थपे, “म उनलाई केवल ‘कमेडियन’ भन्न सक्दिनँ । उनी एक महान् अभिनेता थिए र विभिन्न भूमिकामा उत्कृष्ट अभिनय गर्थे । कोशिश मा उनले भिलेनको भूमिका गरे भने अभिमान मा अमिताभ बच्चनको विरोधी पात्र बनेर शानदार अभिनय गरे। उनी पूर्ण अभिनेता थिए ।”

प्रियादर्शनका अनुसार, अक्षय कुमारले उनलाई दुई पटक फोन गरेका थिए । अक्षयले भनेका रहेछन् कि उनी डिप्रेशनमा जस्तो महसुस गरिरहेका छन्, किनभने उनी पछिल्ला ४०–४५ दिनदेखि असरानीसँग दुई फिल्ममा काम गर्दै थिए ।

प्रियादर्शनका अनुसार असरानी सधैं अक्षयलाई सल्लाह दिने गर्थे । उनी राजपाल यादवलाई पनि आफ्नो जीवनका गल्तीहरू सुनाउँदै ती गल्ती दोहोर्याउन नदिन सिकाउँथे ।

असरानीको निधन हुनुअघि अक्षय कुमारले उनीसँग हैवान र भूत बंगला नामका दुई फिल्ममा काम गरिरहेका थिए । दुवै फिल्मको निर्देशन प्रियदर्शनले गरिरहेका छन् ।

यसअघि पनि अक्षय र असरानीले धेरै फिल्महरूमा सँगै काम गरेका थिए — खट्टा मीठा (२०१०), भागम भाग (२००६), दीवाने हुए पागल (२००५), दे दना दन (२००९), इन्सान (२००५), हेरा फेरी (२०००), वेलकम (२००७) र भूल भुलैया (२००७)।