२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिदेशीय मैत्रीपूर्ण फुटबलमा आज नेपाली महिला टोली र इरान भिड्दै



अ+ अ-

काठमाडौं । त्रिदेशीय मैत्रीपूर्ण खेलमा आज नेपाली राष्ट्रिय महिला टोली र इरानबीच प्रतिस्पर्धा हुने भएको ।

भारतको सिलोङस्थित जवाहरलाल नेहरु रंगशालामा हुने खेल बेलुका सवा ६ बजे सुरु हुने छ ।

नेपालले उज्वेकिस्तानमा महिला एसियन कप छनोट खेलेपछि पहिलोपटक अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो ।

यी खेलका लागि विदेशमा व्यावसायिक फुटबल खेलिरहेका प्रिति राई, सावित्रा भण्डारी साम्बा, पूजा राई तथा एन्जिला तुम्बापो सुब्बा टिममा सामेल भएका छन् ।

नवनियुक्त प्रशिक्षक नविन न्यौपानेको यो पहिलो खेल हनेछ । प्रि–म्याच कन्फरेन्समा न्यौपानेले अट्याकिङ रणनीतिका साथ मैदानमा उत्रिने र यी मैत्रीपूर्ण खेलमा नयाँ खेलाडी परीक्षण गर्ने जानकारी दिएका छन् ।

नेपाली टोलीले १० गते भारतसँग दोश्रो मैत्रीपूर्ण खेल खेल्ने छ । त्यसपछि १३ कात्तिकमा भारतसँग अर्को एक अनअफिसियल खेल पनि हुनेछ ।

फिफाको वरियतामा भारत ६३औं, इरान ७०औं तथा नेपाल ८९औं स्थानमा छन् । नेपालले इरानसँग यसअघि सन् २०१९ मा भारतमा नै आयोजना भएको हिरो महिला गोल्डकपमा खेलेको थियो ।

उक्त खेलमा नेपाल तीन–शून्यले विजयी भएको थियो । उक्त खेलमा सावित्राले दुई गोल गरेकी थिइन् भने अनिता बस्नेतको नाममा एक गोल थियो ।