२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना ‘बर्डफ्लु’ पुष्टि भएपछि ३८ हजार कुखुरा नष्ट कांग्रेसको क्रियाशील सदस्यता चार लाख ५७ हजार ३६६ जनाले अद्यावधिक गरे प्रकृति, संस्कृति र इतिहासको अनुपम सङ्गम म्याग्दीको रघुगङ्गा गाउँ यस वर्ष हिन्दुकुश क्षेत्रमा कम मनसुनी वर्षा तर जोखिम यथावत् प्रधानमन्त्री शाहद्वारा भारतीय समकक्षीप्रति बधाई तथा शुभकामना व्यक्त काठमाडौँको कपन क्षेत्रमा भारी वर्षा अबको यात्रा विकास र समृद्धि नै होः सचेतक परियार किसानको पहुँचमा डिजिटल सेवा विस्तार गर्ने पचास लाख लागतमा सोलेडाँडामा पर्यटन पूर्वाधार निर्माण
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रीमा सिफारिस खगेन्द्र सुनार विवादमा मुछिएपछि प्रधानमन्त्री कार्की छलफलमा



अ+ अ-

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री सिफारिस भएका खगेन्द्र सुनारको नाममा विवाद भएपछि प्रधानमन्त्री सुशीला कार्की छलफलमा रहेका छन् ।

सुनारलाई मन्त्रीको शपथ खुवाउने कि नखुवाउने भन्नेबारे अहिले छलफल भइरहेको प्रधानमन्त्री निकट स्रोतले बतायो ।

यसअघि प्रधानमन्त्री कार्कीले सुनारसहित अन्य तीन जनालाई मन्त्री सिफारिस गरेकी थिइन् । तर, सुनारविरुद्ध विभिन्न अभियोगमा मुद्दा दर्ता भएका र उनी प्रहरीको फरार सूचीमा रहेको पाईएपछि अहिले सामाजिक सञ्जालमा चौतर्फी आलोचना भइरहेको छ ।

प्रधानमन्त्री कार्कीले अन्य मन्त्रीहरूमा डा सुधा शर्मा गौतम, गणपति लाल श्रेष्ठ र बब्लु गुप्तालाई नियुक्त गरेकी छन् । गौतमलाई स्वास्थ्य तथा जनसंख्या, गुप्तालाई युवा तथा खेलकुद मन्त्रालय र श्रेष्ठलाई भूमिसुधार मन्त्रालयको जिम्मेवारी दिइएको छ ।