२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली काँग्रेस विगतमा भएका कमजोरीलाई स्वीकार गर्दै अघि बढ्छः पूर्णबहादुर खड्का



अ+ अ-

पाटन (ललितपुर): नेपाली काँग्रेसका कार्यावहक सभापति पूर्णबहादुर खड्काले आफ्नो पार्टीले विगतमा भएका कमीकमजोरी स्वीकार गर्दै अघि बढ्ने बताउनुभएको छ ।

सोमवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित पार्टीको भ्रातृ संगठन नेपाल तरुण दलको ७३ औं स्थापना दिवसको अवसर पारेर एक कार्यक्रममा बोल्दै उहाँले विगतमा भएका कमीलाई स्वीकार गर्दै अघि बढ्ने बताउनुभएको हो ।

कार्यवाहक सभापति खड्काले आफ्नो पार्टीले फेरी संविधानको रक्षाका लागि नेतृत्वदायी भुमिका निर्वाह गर्ने समेत बताउनु भयो । चालु केन्द्रिय समिति बैठकले संविधानको रक्षा, लोकतन्त्रको रक्षा र नेपाली जनताको भरोसालाई कायम गर्ने गरी आवश्यक निर्णय लिने र मुलुकलाई समस्याबाट मुक्त गराउने कार्यवाहक सभापति खड्काको दावी थियो ।

उहाँले मुलुकलाई संकटबाट निकास दिनका लागि संयमित भएर अघि बढन पार्टीका युवाहरुलाई आह्वान समेत गर्नु भयो ।  कार्यवाहक सभापति खड्काले भन्नुभयो,‘वृहत एकतावद्ध भएर फेरि नेपाली जनताले, नेपालको माटोले, नेपाल राष्ट्रले, विगतको इतिहासको कालखण्डजस्तै फेरि नपाली काँग्रेसबाट अपेक्षा गरेको छ । आशा गरेको छ, भरोसा गरेको छ । हाम्रा विगतमा कमीकमजोरीहरु भए होलान् । ती कमीकमजोरीहरुलाई स्वीकार्छौ । नेपाली काँग्रेस संविधानको रक्षाका लागि, परिवर्तनको रक्षाका लागि सार्वभौमसत्ता नेपाली जनताको अधिकारको रक्षा गर्ने कुरालाई शीरमा राखेर हामी वृहत एकतासहित हामी अगाडि बढ्छौं भनेर सभापति देउवाले हामी सबैलाई प्रेरित, उत्साहित गर्दै उहाँले त्यो दिनको केन्द्रिय समिति बैठक स्थगन गरेर हामीलाई तपाईहरु सामूहिक रुपमा एकतावद्ध भएर केन्द्रिय समितिले ऐतिहासिक निर्णय गर्नुस्, जसले भोली नेपाली जनतामा, नेपाली समाजमा, नेपालका राजनीतिक दलहरुमा विगतमा जस्तै अझै पनि नेपाली काँग्रेसमा नेतृत्वदायी भुमिका निर्वाह गर्नसक्ने क्षमता, त्यो योग्यता, संयमता, त्यो धैर्यशीलता र सबैलाईसँगै लिएर जान सक्ने त्यो उद्धार आज पनि नेपाली काँग्रेसमा त्यो हिजो भन्दा जब्बरजस्त रुपमा देखिएको छ भन्ने सन्देश दिनुछ ।’

कार्यवाहक सभापति खड्काले मुलुकलाई संकटबाट मुक्त गराउन राष्ट्रपति रामचन्द्र पौडेलले खेल्नुभएको भुमिका उल्लेखनीय रहेको समेत बताउनु भयो । —न्युज एजेन्सी नेपाल