२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

संगीत बमको १० सेकेण्डको अनौठो पत्रकार सम्मेलन



अ+ अ-

काठमाडौँ । नेपालको युवा आन्दोलनको आगो अझै निभिसकेको छैन । गत भदौ २३ र २४ गतेको आन्दोलनको आगो अझै बलिरहेको छ । मंगलवार बिहान संगीत बम नामक युवक रिपोर्टस क्लव नेपालमा पत्रकार सम्मेलनका लागि पुगे ।

पत्रकार सम्मेलनका लागि भनेर सञ्चारकर्मीहरु ११ बजे नै तोकिएको स्थानमा पुगिसकेका थिए । तर पत्रकार सम्मेलन १० सेकेण्डमै सकियो । पत्रकार सम्मेलन गर्न लागेका बमले द गेम अफ लुसिफर भन्दै सांकेतिक विरोध स्वरुप पत्रकार सम्मेलन गरे । आयोजित पत्रकार सम्मेलनमा उपस्थित भएर दुई औंला ठड्याए र बाँकी औँला खुम्च्याएर विरोध जनाए । समाचार बनाउन उनले पत्रकारहरुलाई जिम्मा दिए । यसमा कुनै प्रतिक्रिया दिएनन् ।

पत्रकार सम्मेलन त्यत्तिकै सकियो । फोटोमा देखिए जस्तै सेतो परम्परागत पोशाकमा सजिएका संगीत बम दाहिने हातमा भि साइन (भिक्ट्री वा शान्ति चिन्ह) देखाउँदै मञ्चमा उभिएका थिए । यो इसारा र सम्मेलनको समग्र शैलीले पनि नेपालको वर्तमान राजनीतिको विद्रोही स्वरलाई प्रतिविम्वित गर्दछ । युवा प्रदर्शनहरूले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा निम्त्याएपछि संगीत बमले भि साइनलाई लडाईंको पहिलो जितको प्रतिकका रुपमा चिन्हित गरेका छन् । भि भनेको भिक्ट्री होइन यो युवा शक्तिको आवाज हो । जसले पुरानो व्यवस्थालाई धुलोमा मिलाउने उनको संकेत रहेको बुझ्न सकिन्छ ।

बालेन्द्र साहको नेतृत्वमा युवा गठबन्धनलाई समर्थन गर्दै उनले अन्तरिम सरकारको आलोचना गरेका छन् । केहीले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई लुसिफरको संज्ञा दिँदै आएका छन् । यो उनको युवा विद्रोहको प्रतिक हो । भि साइनले शान्तिपूर्ण विजयको संकेत गर्दछ ।




भर्खरै