२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य पूर्वप्रधानन्यायाधीश रेग्मीद्वारा संविधान संशोधनमा मूल मर्म जोगाउँदै शासकीय स्थायित्वमा जोड सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले गरेको बजेट कटौतीमा संसदीय समितिको चासो



अ+ अ-

काठमाडौँ । सरकारले गरेको बजेट कटौतीमा संसदीय समितिले चासो देखाएको छ ।

संघिय सरकारले टुक्रे योजनाहरुका बजेट कटौती गर्ने निर्णय गरेको थियो । उक्त निर्णयप्रति बिहीवार बसेको राष्ट्रिय सभा अन्तर्गतको, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले चासो देखाएको हो । समितिका सभापति सोनाम गेल्जेन शेर्पाले नियमित विनियोजित बजेट धेरै बजेटहरु कटौती भएकोले त्यस सम्बन्धमा सरकारको ध्यानकर्षण गराउने बताउनु भयो । कुन आधारमा बजेट कटौती गरिएको भन्ने बारेमा समितिले सरकारसंग प्रष्टिकरण माग्ने उहाँले जानकारी दिनुभयो ।

उहाँले समितिले फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा हुने शान्ति सुरक्षा, माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनका अवस्थाका बारेमा पनि सरकारसँग बुझ्ने प्रयास गर्ने बताउनु भयो । उहाँले बैठकमा समितिले विगतमा बनाएको कार्ययोजना र परिवर्तित समयपश्चात आगामी दिनका कसरी जाने भन्ने विषयमा छलफल जानकारी दिनुभयो । उहाँले समितिमा विगतमा भईरहेका छलफलहरुलाई पनि आवश्यकताको आधारमा आगामी दिनमा पनि निरन्तरता दिने बताउनु भयो । समितिमा आएका विषयहरुलाई छलफल गरेर कार्यन्वयनका लागी सरकारकालाई निर्देशन दिने उहाँको भनाई छ ।

उहाँले भन्नुभयो, ‘हाम्रो पहिले नै निरन्तर चलिरहेको विषय छ, राष्ट्रिय गौरवका आयोजनाहरुको सम्बन्धमा, निर्वाचन आयोगको सम्बन्धमा, आयोगहरुको सम्बन्धमा, संविधानको सम्बन्धमा, संविधानका केही बुँदाहरुमा सम्बन्धमा पनि हामीले विगतमा धेरै छलफलहरु गरेका थियौँ । तर अब परिवर्तित समयमा हामी कसरी जान्छौँ भनेर हाम्रो फोकस भनेको कसरी निर्वाचनमा शान्ति सुरक्षाहरु कसरी हुन्छ, के हुन्छ । त्यसैगरी राष्ट्रिय सभाको निर्वाचन माघ ११ गते हुन्छ, त्यसको अवस्था के छ, शान्ति सुरक्षाको विषयमा के छ, त्यो सम्बन्धमा पनि हामी सरकारसँग बुझ्ने प्रयास गर्छौ । निरन्तर भइरहेको बजेटहरुको सम्बन्धमा पनि धेरै बजेटहरु कटौती भएको छ, के भएको छ, त्यो सम्बन्धमा पनि सरकारको ध्यानकर्षण गराउने र त्यो कटौतीका आधारहरु के के हो भनेर सरकारसंग सोध्न हामी प्रयास गर्छौं ।’ 

उहाँले राष्ट्रिय सभाको बैठक पनि छिट्टै सञ्चालन हुने बताउनु भयो । बैठक सञ्चालनको लागी राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले पहल गरिरहनुभएको उहाँको भनाई छ । जेन—जी आन्दोलन पश्चात पहिलो पटक समितिको बैठक बसेको हो ।




भर्खरै