२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिकेटका लागि पोखरामा नेपथ्यको कन्सर्ट, इन्ट्रीका लागि पोखराको जर्सी किन्नुपर्ने



अ+ अ-

पोखरा। नेपाल प्रिमियर लिग (एनपिएल)को फ्रेन्चाइज टिम पोखरा एभेन्जर्सको आयोजनामा चर्चित सांगितिक ब्यान्ड नेपथ्यले पोखरामा कन्सर्ट गर्ने भएको छ । ‘क्रिकेटका लागि नेपथ्य’ नारासहित नोभेम्बर ७ शुक्रबारका दिन पोखरा रंगशालाको फुटबल स्टेडियमामा कन्सर्ट गर्ने भएको हो ।

क्रिकेटलाई संगीतसँग जोड्ने उद्देश्यसहित यो कन्सर्टको आयोजना गर्न लागिएको पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीले जानकारी दिए । ‘कन्सर्ट प्रवेशका लागि टिकट राखिएको छैन,’ अध्यक्ष त्रिपाठीले भने, ‘पोखरा एभेन्जर्सको जर्सी किन्ने समर्थकहरुले कन्सर्टमा प्रवेश पाउनेछन् । क्रिकेटको विकासमा लिजेन्ड्री ब्यान्ड नेपथ्यसँग जोडिन पाउँदा हामीलाई खुशी लागेको छ ।’

कन्सर्टमा प्रवेशका लागि पोखराका समर्थकले नेपथ्यको वेभसाइटबाट जर्सी खरिद गर्न सक्नेछन् । पोखरा एभेन्जर्सको जर्सीको नियमित मूल्य १४९९ हो ।

तर, कन्सर्टका लागि जर्सी खरिद गर्न आउने सुरुका १ हजार जना समर्थकलाई टिमले ९९९ रुपैयाँमै जर्सी दिने निर्णय गरेको छ । पोखरा एभेन्जर्सका अध्यक्ष त्रिपाठीका अनुसार कन्सर्टबाट उठेको रकमले गण्डकीका सामुदायिक विद्यालयमा क्रिकेट किट वितरण गर्ने उद्देश्य राखिएको छ ।

मंसिर १ गतेबाट सुरु हुने एनपिएलको दोस्रो संस्करणको यतिखेर ट्रफी टुर भइरहेको छ । मंगलबार पोखरामा ट्रफी प्रर्दशन गर्ने क्रममा नेपथ्यका प्रमुख गायक अमृत गुरुङले ५० वर्ष अगाडीको पोखरामा खेलकुदको लागि केही पूर्वाधार नभएको स्मरण गर्दै पोखरामा बनेको रंगशालाले खेलाडी र खेलप्रेमीमा उर्जा थपेको बताए ।

‘नेपालको क्रिकेट जुन लेभलमा छ, त्यो गौरव गर्न लायक छ । अबको तयारी र खेलहरु विश्वकप जित्ने लक्ष्यसहित हुनुपर्छ । हाम्रो शुभकामना छ,’ उनले भने ।