२३ असार २०८३, मंगलवार
,
Latest
नेपालगञ्जमा ऐतिहासिक सालिक पुनर्निमाण तनहुँमा कृषि उद्यम विकास कार्यक्रम प्रभावकारी बन्दै पूर्वप्रधानमन्त्री देउवाका छोरा जयवीरलाई ७ दिनभित्र उपस्थित हुन सम्पत्ति शुद्धीकरणको पत्र अमेरिकालाई हराउँदै बेल्जियम विश्वकपको क्वाटरफाइनलमा तीन दिनसम्म विविध कार्यक्रम गरी भानु जयन्ती मनाइने ‘ताल्चा लागेका घर, एक्लिएका बूढापाका’ जुम्लामा सिँचाइका लागि कुलो निर्माण भएपछि किसानलाई सहज उखु किसानको करिब दुई अर्ब भुक्तानी नेपाल र भारतका राजमार्गमा ‘गुडिरहेको’ एचआईभी, जोखिममा ट्रक चालक र यौनकर्मी स्पेनसँगको हारसँगै पोर्चुगिज प्रशिक्षक मार्टिनेजले दिए राजीनामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेनजी आन्दोलनका क्रममा भएको क्षतिबारे निजी क्षेत्रसँग छलफल गर्न जिसुसलाई अनुरोध



अ+ अ-

काठमाडौँ। गृह मन्त्रालयले गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएको हानि नोक्सानीबारे निजी क्षेत्रसँग छलफल गर्न जिल्ला सुरक्षा समितिलाई अनुरोध गरेको छ ।

मन्त्रालयको आजको सचिवस्तरीय निर्णयानुसार आन्दोलनका क्रममा सार्वजनिक तथा निजी क्षेत्रसमेतमा सम्पत्तिको हानि नोक्सानी भएका सम्बन्धमा अनुकूल व्यावसायिक वातावरण तयार गर्न र त्यहाँ जिल्ला सुरक्षा समितिका पदाधिकारी समेतको उपस्थितिमा जिल्लास्थित उद्योग वाणिज्य सङ्घलगायत व्यवसायीको सहभागितामा बैठक राखी आवश्यक समन्वय गर्न अनुरोध गरिएको हो ।

मन्त्रालयले भनेको छ, “गत भदौ २३ र २४ गते जेनजी पुस्ताको अगुवाइमा भएको प्रदर्शनका क्रममा ठूलो जनधनको क्षति भएको विदितै छ, जिल्ला सुरक्षा समितिका पदाधिकारीसमेतको उपस्थितिमा जिल्लास्थित उद्योग वाणिज्य सङ्घलगायत व्यवसायीको सहभागितामा बैठक राखी आवश्यक समन्वय गर्न/गराउनु अनुरोध छ ।” रासस