२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा
तपाईं के खोज्दै हुनुहुन्छ ?

थापाथली क्षेत्रमा महानगरको डोजर (तस्बिरसहित)



अ+ अ-

काठमाडौं  । काठमाडौं महानगरपालिकाले थापाथलीको कालमोचनस्थित राममन्दिर परिसरमा बनेका व्यावसायिक टहराहरू भत्काएको  छ ।

शुक्रवार महानगरपालिकाले उक्त क्षेत्रमा बनेका टहराहरू डोजर चलाएर हटाएको हो । यि संरचनाहरु गुठी संस्थानको जग्गा हडपेर बनाइएको थियो । गुठी संस्थानको जग्गा हडपेर अस्थायी घर तथा संरचना बनाइएको महानगरपालिकाले जनाएको छ । महानगरकाअनुसार यी टहराहरूले मन्दिर परिसरको सौन्दर्यतापूर्ण वातावरणलाई असर पु¥याइरहेको थियो ।

सार्वजनिक जग्गाको दुरुपयोग भएको थियो । गुठी संस्थानको जग्गा हडपेर यस्ता संरचनाहरू निर्माण गर्ने प्रवृत्ति रोक्न यो अभियान आवश्यक रहेको कामपाले जनाएको छ । अस्थायी घर तथा संरचनाहरू हटाउन ३५ दिनको सूचना दिइएको थियो, तर अटेर गरिएपछि डोजर चलाइएको महानगरले जनाएको छ । काठमाडौं महानगरपालिकाले अवैध संरचना हटाउने अभियानलाई निरन्तरता दिँदै आएको छ । विशेष गरी २०२२ मा मेयर बालेन्द्र शाहको नेतृत्वमा शुरु भएको यो अभियानले दर्जनौं स्थानमा कारबाही गरेको थियो ।

बानेश्वर कम्प्लेक्स, काठमाडौं मल र आरबी कम्प्लेक्समा अवैध पसल तथा संरचनाहरू भत्काइइएको थियो । त्यस्तै दरबारमार्ग र न्युरोडमा सार्वजनिक सडक मिचेर बनेका संरचनाहरूमा डोजर चलाइएको थियो । जसले फुटपाथ व्यापार र अव्यवस्थित पार्किङलाई लक्षित गरेको थियो । त्यस्तै असन र इन्द्रचोकमा अस्तव्यस्त पसलहरू हटाएर क्षेत्रलाई सफा र व्यवस्थित बनाइएको छ ।

अनुप प्रधान/ न्युज एजेन्सी नेपाल




भर्खरै