२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

भिजिट भिसाका सबै प्रावधान खारेज, अध्यागमन विभागले जारी गर्‍यो नयाँ व्यवस्था



अ+ अ-

काठमाडौँ । भिजिट भिसासम्बन्धी विवाद बढेपछि अध्यागमन विभागले यसअघि लागू गरिएको ६ बुँदे मापदण्डलगायत सबै प्रावधान खारेज गरेको छ ।

गृहमन्त्रालयको ०८२ कार्तिक १३ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार नयाँ प्रावधान लागू गरिएको विभागले जनाएको छ ।

शुक्रबार पत्रकार सम्मेलनमार्फत् विभागले जारी गरेको प्रेस वक्तव्यमा नयाँ भिसा प्रणालीका मापदण्डबारे जानकारी दिइएको छ । विभागले कुनै पनि बिचौलियाको प्रभावमा नपरी गन्तव्य देश र यात्राको उद्देश्यबारे पूर्ण जानकारी लिएर मात्रै विदेश यात्रा गर्न नागरिकलाई आग्रह गरेको छ ।

नयाँ व्यवस्थाअनुसार वैदेशिक यात्रा गर्दा कम्तीमा ६ महिना वैधता भएको राहदानी, सम्बन्धित देशको प्रवेशाज्ञा (भिसा)वा अन–अराइभल भिसा उपलब्ध हुने देशका लागि प्रवेशाज्ञा नचाहिने व्यवस्था, यात्राको कारण, हवाई टिकट र आवश्यक कागजात अनिवार्य हुने जनाइएको छ। साथै, भ्रमणका क्रममा कुनै समस्या उत्पन्न भए स्वयम् जिम्मेवार रहने उल्लेख गरिएको स्वघोषणापत्र पनि पेश गर्नुपर्नेछ ।

अध्यागमन विभागले भिजिट भिसासम्बन्धी प्रक्रिया पारदर्शी र दुरुपयोगरहित बनाउन नयाँ प्रावधान ल्याएको जनाएको छ ।