२७ जेष्ठ २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस केन्द्रीय समिति बैठक स्थगित



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक स्थगित भएको छ ।

दिउँसो १ बजे बस्ने गरी बोलाइएको बैठक आइतबारसम्मको लागि स्थगित भएको हो ।

बिहान महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई भेटेर संस्थापन इतर समूहको निष्कर्ष अनुसार पुस १६ गते नियमित महाधिवेशन गर्ने प्रस्ताव राखेका थिए ।

तर, महामन्त्रीलाई काउन्टर दिन संस्थापन पक्षबाट अर्को कार्यतालिका आउने अवस्था बनेपछि बैठक आइतबारसम्मलाई स्थगित गरिएको बुझिएको छ ।