२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
विद्यार्थीमा जलवायु सचेतना फैलाउन वक्तृत्वकला प्रतियोगिता कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै



Congress Central committee
file photo
अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ ।

पार्टी कार्यालय सानेपामा दिउँसो १ बजे बैठक बस्न लागेको हो । यसअघि शुक्रबारका लागि बोलाइएको बैठक बस्दै नबसी स्थिति भएको थियो ।

बैठकमा महाधिवेशनको मिति र कार्यतालिका टुंगो लगाउनेबारे छलफल हुने छ । अहिले नेपाली कांग्रेसका नियमित महाधिवेशन गर्ने कि विशेष भन्नेमा विवाद छ ।

नेतृत्वबीचमै यो विषयमा सहमति भइसकेको छैन । हिजो सानेपामा पदाधिकारी बैठक बसेर सहमतिको प्रयास गरे पनि असफल भएको थियो ।

बैठकमा महामन्त्री र संस्थापन पक्षले फरक–फरक कार्यतालिका प्रस्ताव गरेका थिए ।