२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेसका निजी अस्पतालका स्वास्थ्यकर्मीहरू आन्दोलनमा



अ+ अ-

एजेन्सी । मधेसका निजी अस्पतालका स्वास्थ्यकर्मीहरू आन्दोलनमा उत्रिएका छन् ।

निजी स्वास्थ्य संस्थाहरूमा भइरहेका श्रमशोषण र दमन अन्त्यको माग गर्दै स्वास्थ्यकर्मीहरु ८ सूत्रीय मागसहित आन्दोलनका पूर्वघोषित कार्यक्रमअनुसार शान्तिपूर्ण आन्दोलनमा उत्रिएका हुन् ।

आफूहरू लामो समयदेखि न्युन तलव, असमान व्यवहार र असुरक्षित वातावरणमा काम गर्न बाध्य भएको उनीहरुको आरोप छ । नेपाल सरकारको ऐनअनुसार तलव स्केल लागू गर्नुपर्ने, सरकारी स्वास्थ्य संस्थाका करारकर्मीलाई हटाई लोक सेवा आयोगबाट विज्ञापन गर्नुपर्ने, स्वास्थ्यकर्मीको बीमा र सुरक्षाको व्यवस्था गर्नुपर्ने, हप्तामा अधिकतम ४२ घण्टा मात्र कामको सीमा तोक्नुपर्ने माग स्वास्थ्यकर्मीहरुको छ । मन्त्रालयबाट पटक–पटक सूचना जारी भएपनि निजी अस्पतालहरूले कार्यान्वयनमा नल्याएकाले स्वास्थ्यकर्मीहरूको मनोबलमा गम्भीर असर परेको र आफूहरु बाध्य भएर आन्दोलनमा उतरिएको स्वास्थ्यकर्मी नवेश अधिकारीले बताउनु भयो ।

जिल्ला प्रशासन कार्यालय, श्रम मन्त्रालय, मुख्यमन्त्री कार्यालय र स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराए पनि हालसम्म कुनै ठोस पहल नभएको गुनासो स्वास्थ्यकर्मीहरुको छ । आन्दोलनका क्रममा बिरामी सेवामा समस्या आएमा यसको सम्पूर्ण जिम्मेवारी अस्पताल सञ्चालक र सम्बन्धित मन्त्रालयले लिनुपर्ने उनीहरुको भनाइ छ ।