२३ असार २०८३, मंगलवार
,
Latest
राष्ट्रनीति: रास्वपा २०९०-नयाँ सामाजिक सम्झौता र ‘पुनरुत्पादक लोकतन्त्र’ पोर्चुगललाई पराजित गर्दै स्पेन क्वाटरफाइनलमा ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ सुकुम्बासीमाथिको व्यवहारले राज्यको असक्षमता उजागर गर्‍यो : सांसद धिताल दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरोबाट नौ जनाको मृत्यु घुस लिएको अभियोगमा पूर्वचिनियाँ अधिकारीलाई मृत्युदण्ड गाजामा हतियारको नियन्त्रण प्यालेस्टिनी प्राविधिक समितिको जिम्मामा बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान साउदी अरब भ्रमणमा जाँदै गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

गफले रोजगारी सिर्जना हुँदैनः हर्क साम्पाङ



अ+ अ-

काठमाडौँ ।  श्रम संस्कृति पार्टीका अध्यक्ष एवं धरान उपमहानगरपालिकाकाका प्रमुख(मेयर) हर्क साम्पाङको गफले मात्रै रोजगारी सिर्जना नहुने बताउनुभएको छ ।

आईतवार निर्वाचन आयोगले श्रम संस्कृति पार्टीलाई दिएको मान्यताको प्रमाणपत्र बुझ्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले रोजगारी सिर्जनाको लागि उत्पादन बढाउनुपर्ने बताउनु भयो । श्रम संस्कृति पार्टीले उत्पादन, निर्माण, सामाजिक रुपान्तरण र आर्थिक रुपान्तरणको लागि फिल्डमा खटेर काम गर्ने उहाँको भनाई छ ।

उहाँले उत्पादन बढाउन नसक्दा प्रायः नेपाली बेरोजगार हुनुपरेको बताउनु भयो । उहाँले देश आफैँले बनाउने मौलिक शैली अपनाउने उल्लेख गर्नुभयो । देश विदेशी ऋणले मात्रै नचल्ने बताउनुहुँदै उहाँले देश अब नेपाली आँफैले बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले गरिबी, अभाव र यसकै कारणले हुने विभिन्न खालका ठगी, भ्रष्टाचार, बेइमानीलाई अन्त्य गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘जुन काम आजसम्म भएन, यत्तिका वर्षसम्म । त्यो काम गर्ने हो । उत्पादन, निर्माण, सामाजिक रपन्तरणका लागि, आर्थिक रुपान्तरणको लागी हामी अब फिल्डमा निस्केर काम गर्छौं । अफिसका बसेर भाषणमा सिमित हुँदैनौँ । हामी चाँही पक्का फिल्डका काम गर्ने एउटा संगठन निर्माण गर्दैछौँ । पहिला त यो देशमा काम गर्नुपर्छ । उत्पादन बढाउनुपर्छ । हामी सबै बेरोजगार छौँ प्रायः । रोजगारीको सिर्जना गफले हुँदैन । विदेशी ऋणले नी चल्दैन यो देश । त्यसले गर्दाखेरि यो देश अब हामी आँफैले बनाउनुपर्छ भन्ने हाम्रो मौलिक शैली छ । ती शैलीलाई हामीले विर्सियौँ । त्यो मौलिक शैलीहरुलाई पनि हामीले फेरि उजागर गर्छौ ।’

उहाँले आफूहरुले दलको झण्डा नराख्ने बताउनु भयो । दलको चुनाव चिन्ह भने माटोको ढिस्को राखिएको छ । लोकतन्त्रमा विश्वास राख्ने भएकोले आवधिक निर्वाचनमा पार्टीले भाग लिने उहाँको भनाई छ । निर्वाचनको लागि तयारी पनि भइरहेको उहाँले जानकारी दिनुभयो । उहाँले परम्परागत राजनीतिक दलजस्तो आफ्नो पार्टी नहुने पनि दाबी गर्नुभयो । हरेक टोलमा पार्टीले काम गर्ने श्रमदाता बनाउने उहाँले जानकारी दिनुभयो । निर्वाचन आयोगले साम्पाङको पार्टीलाई आईतवार मान्यता दिएको हो । साम्पाङले आईतवार आयोगमा पुगेर पार्टीको मान्यताको प्रमाणपत्र लिनुभएको छ ।