२१ असार २०८३, आईतवार
,
Latest
कांग्रेसको १५औँ महाधिवेशन पेपरलेस र डिजिटल प्रविधिबाट गराउने तयारी मुलुकको आवश्यकतालाई ध्यानमा राखेर संसद्ले कानुन निर्माण गर्छ : सभामुख अर्याल अर्थतन्त्र अझै जटिल अवस्थामा छ, मौद्रिक नीतिले सुधारमा ध्यान दिनुपर्छः परिसंघ उपाध्यक्ष घिमिरे ३–५ वर्षको मध्यमकालीन दृष्टिकोणसहित मौद्रिक नीति ल्याउन अर्थविद् थापाको सुझाव माधवजी र मलाई कसरी सिध्याउने भन्नेमा ओलीको हाइटमा बालेन छैनन्ः दाहाल निर्माण व्यवसायीले सरकारबाट भुक्तानी नपाउँदा बैंकिङ क्षेत्र दबाबमा छः सिईओ ज्ञवाली मालदह आँपको उत्पादन घट्दा बजार मूल्य दोब्बर, किसान भने मूल्यबाट वञ्चित कोशी प्रदेशसभाः विनियोजन विधेयकमाथिको छलफल सकियो बेपत्ता कर्मचारी हटाउने अभियानमा कृषि मन्त्रालय, नार्कका दुई कर्मचारी सेवाबाट बर्खास्त मौद्रिक नीति कसिलो बनाउने आधार छैन : पूर्वगभर्नर अधिकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

किसानका समस्या सम्बोधन गर्न सञ्जालको माग



अ+ अ-

काठमाडौँ।  राष्ट्रिय किसान सञ्जालले किसानका माग सम्बोधन गर्न माग गरेको छ । यहाँ आज सञ्जालले पत्रकार सम्मेलन गर्दै १७ वटा माग अघि सारेको छ ।

सञ्जालका संयोजक डा प्रेम दङ्गालले करिब २३ लाख भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीका समस्या समाधान गर्ने तयारीमा रहेको भूमि समस्या समाधान आयोग विघटन गर्ने सरकारको निर्णय अविलम्ब फिर्ता गर्न माग गर्नुभयो । उहाँले भूमिहीन तथा सकुम्बासी जनताको जमिन प्राप्त गर्ने संवैधानिक हक कार्यान्वयन गर्न तथा अव्यवस्थित बसोबासीका समस्या दीर्घकालीन रूपमा समाधान गरिनुपर्नेमा जोड दिनुभयो ।

वर्षाका कारण भित्र्याउन तयार पारेको धानबालीमा ठूलो क्षति पुगेकाले यस्तो अवस्थामा क्षतिको विवरण सङ्कलन गरी वर्षा, बाढी, पहिरो, डुबानबाट क्षति पुगेका किसानलाई राहत तथा पुनःस्थापनाका लागि विशेष कार्यक्रम ल्याउन र कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत किसान राहत कोष स्थापना गर्न सञ्जालले माग गरेको छ ।

यसैगरी दुग्ध किसानको दूधको सम्पूर्ण बक्यौता रकम (निजी डेरी उद्योग र दुग्ध विकास संस्थानबाट) तुरुन्त भुक्तानी गरिनुपर्ने, रासायनिक मल तत्काल उपलब्ध गराउनुपर्ने, कालीमाटी फलफूल तथा तरकारी विकास बजारसमेत देशभर रहेका ११ थोक तरकारी तथा फलफूल बजारको व्यवस्थापन समितिको नेतृत्वसहित बहुमत सदस्य उत्पादक किसान हुनुपर्ने व्यवस्था सुनिश्चित गर्नुपर्ने, वन्यजन्तुको अतिक्रमण नियन्त्रण र व्यवस्थापन गरिनुपर्ने, किसान सूचीकरणको कामलाई अभियानको रूपमा सञ्चालन गर्नुपर्ने, किसानलाई परिचयपत्र प्रदान गर्नुपर्ने तथा यसका आधारमा किसानलाई सेवा सुविधा प्रदान गर्न सञ्जालले माग गरेको छ ।

नेपाल किसान महासङ्घका अध्यक्ष गणेशचन्द्र तिमिल्सिनाले समस्या समाधानका लागि अग्रसरता देखाउन सरकारसँग माग गर्नुभयो । रासस




भर्खरै