२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तरराष्ट्रिय कला प्रदर्शनी आइतबारदेखि



अ+ अ-

काठमाडौँ। काठमाडौँमा आउँदो आइतबारदेखि पाँच दिने अन्तरराष्ट्रिय कला प्रदर्शनी हुने भएको छ ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानसँग नक्सालसँगको सहकार्यमा नेपालको विन्दु स्पेश फर आर्टिष्ट र जापानको जिन्जा ग्यालरीले आयोजना गर्ने उक्त अन्तरराष्ट्रिय कला प्रदर्शनीमा चार देशका ७५ कला कृति समावेश गरिने छ ।

प्रतिष्ठानकी प्राज्ञ परिषद् सदस्य सौरगङ्गा दर्शनधारीले आज कला प्रदर्शनीबारे जानकारी दिँदै तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो । प्रदर्शनीमा नेपाल, जापान, जर्मनी र कोरियाका कलाकारका कलाकृति समावेश गरिने छन् ।

उक्त कार्यक्रम संयोजक पृथ्वी श्रेष्ठले नेपाली कलाकारका ३५ र जापानी कलाकारका ३५ कलाकृति प्रदर्शनीमा रहने जानकारी दिनुभयो । उहाँले प्रदर्शनीमा सहभागी हुन जापानबाट कलाकार आउन लागेका बताउनुभयो ।

जर्मनीका दुई र कोरियाका तीन कलाकारका कलाकृति पनि प्रदर्शनीमा राखिने छन् । प्रदर्शनीले आपसी सम्बन्ध विस्तारका साथै सिकाइ आदानप्रदान हुने विश्वास गरिएको छ । रासस