२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

संघीय र सातवटै प्रदेश संसदका पदाधिकारी संयुक्त छलफलमा



अ+ अ-

काठमाडौं । सिंहदरबारमा संघीय र प्रदेश संसदका पदाधिकारीहरूको संयुक्त बैठक जारी रहेको छ ।

सिंहदरबारस्थित राज्य व्यवस्था तथा सुशासन समितिको बैठक कक्षमा प्रतिनिधिसभाका सभामुख, उपसभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष र सातवटै प्रदेशका सभामुख, उपसभामुख बैठक बसिरहेका छन् ।

जेनजी आन्दोलनपछिको विकसित घटनाक्रम, संसद विघटन भएको अवस्थामा सभामुख उपसभामुखको भूमिका, प्रदेश सभाका कामकारबाही र आगामी योजनाबारे छलफल हुने बताइएको छ ।

जेनजी आन्दोलनपछि बनेको सरकारले खर्च कटौती भन्दै संघीय संसद्का पदाधिकारी तथा सांसदले पाउँदै आएको कर्मचारी कटौतीको निर्णय गरेको थियो । सरकारको निर्णयपछि प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसहित प्रतिनिधिसभाका उपसभामुख, राष्ट्रिय सभाका उपाध्यक्ष, संसद् सचिवालयका महासचिवलगायतका पदाधिकारीहरुले १७ कात्तिकमा प्रधानमन्त्रीसँग भेटेरै असन्तुष्टि जनाएका थिए । आज यसबारेमा पनि छलफल हुने बताईएको छ ।

आजको छलफलपछि संघ र प्रदेशका पदाधिकारीले आज राष्ट्रपतिलाई र भोलि शनिबार प्रधानमन्त्रीलाई सामूहिक भेट गर्ने तयारी गरेका छन् ।