२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

तनहुँमा दैनिक ४० राहदानी वितरण



फाईल फोटो
अ+ अ-

दमौली, (तनहुँ) । जिल्ला प्रशासन कार्यालय तनहुँले शुक्रबारदेखि दैनिक ४० वटा राहदानीको कोटा निर्धारण गरेको छ । कार्यालयमा हाल राहदानी विभागबाट एक वटामात्र स्टेशन प्राप्त भएको र सोही एक स्टेशनमार्फत् सेवा प्रवाह भइरहेकाले शुक्रबार बिहान १०:३० बजेदेखि ९प्रत्येक शुक्रबार० प्रत्येक हप्ताका लागि ४० वटाको सङ्ख्यामा राहदानीका लागि अनलाइन कोटा खोलिएको कार्यालयले जनाएको छ ।

जेनजी आन्दोलनका क्रममा कार्यालयमा भएको तोडफोड र आगजनीका कारण राहदानी शाखामा भएका विद्युतीय राहदानी सेवा सम्बन्धी सम्पूर्ण सामग्री जलेर नष्ट भएको थियो । राहदानी विभागबाट एकवटा मात्रै स्टेशन प्राप्त भएको र सेवाग्राहीको चाप उच्च रहेकाले विद्युतीय राहदानीका लागि आवेदन प्रविष्टि, प्रमाणित र वितरणका लागि कोटा निर्धारण गरिएको प्रशासकीय अधिकृत विकास श्रेष्ठले जानकारी दिनुभयो ।

राहदानीको विषयमा अनाधिकृत व्यक्तिको भर नपर्न र त्यस्ता व्यक्तिहरुबाट हुनसक्ने ठगीबाट सावधान रहन कार्यालयले आग्रह गरेको छ ।

विद्युतीय राहदानी आपूर्तिका लागि नयाँ आपूर्तिकर्तासँग भएको सम्झौता अनुसार आगामी फागुन ११ बाट राहदानी पुस्तिका सहज आपूर्ति हुने हुँदा अर्को सूचना नभएसम्मका लागि अत्यावश्यक पर्ने सेवाग्राहीहरुले मात्र राहदानीका लागि आवेदन गर्न राहदानी विभागले सूचना जारी गरेको छ । रासस