काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चार घण्टापछि सञ्चालनमा आएको छ।
विमानस्थलको धावनमार्गमा रहेको ‘एयर फिल्ड लाइटिङ’ बिग्रिएपछि चार घण्टासम्म उडान र अवतरण रोकिएका थिए। अहिले मर्मत पूरा भएसँगै विमानस्थल खुलेको छ।
धावनमार्गको एयरफिल्ड लाइटिङ प्रणालीको समस्या समाधान भएको छ। उडान र अवतरण पुनः सुरु भएको छ।












