२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेनजी आन्दोलनका घाइतेलाई परिचयपत्र दिइने



अ+ अ-

गोरखा।  जिल्ला प्रशासन कार्यालयले जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरुलाई परिचयपत्र वितरण गर्ने भएको छ ।

कार्यालयले आज सूचना जारी गर्दै गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा घाइते भएका आठ जना जिल्लावासीलाई परिचयपत्र वितरण गर्ने जनाएको हो ।

घाइतेलाई स्वास्थ्य तथा जनसङख्या मन्त्रालयबाट प्राप्त भैपरी खर्चबापतको जनही २० हजारसमेत वितरण गरिने सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताउनुभयो । जेनजी आन्दोलनका क्रममा गोरखाका सन्तोष गुरुङ, सुजित थापा, रोशन रेग्मी, अर्जुन भट्ट, सन्जिता गुरुङ, धु्रव परियार, कुमार अधिकारी र दिवसबाबु श्रेष्ठ घाइते भएका थिए

“सरकारले आन्दोलनका क्रममा घाइते भएकाहरुलाई पछि नीति बनाएर सेवासुविधा दिनसक्छ भनेर अहिले घाइते परिचयपत्र वितरण गर्न लागेका हौँ”, सहायक प्रजिअ बरालले भन्नुभयो ।  रासस




भर्खरै