२४ जेष्ठ २०८३, आईतवार
,
Latest
समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

चक्रवात फङ–वोङ नजिकिदै जाँदा ताइवानमा भारी वर्षाको चेतावनीसहित विद्यालय तथा कार्यालयहरू बन्द



अ+ अ-

एजेन्सी । फङ–वोङ चक्रवातले यस हप्ताको अन्त्यमा ताइवानमा अवतरण गर्ने जनाइएको छ । जसका कारण अधिकारीहरूले सावधानीका लागि विद्यालय तथा कार्यालयहरू बन्द गर्न आदेश दिएका छन् । केन्द्रीय मौसम विभाग (सीडब्लुए)का अनुसार सोमबार देखि टापुको उत्तरी र पूर्वी भागहरूमा भारी वर्षा हुने अपेक्षा गरिएको छ ।

चक्रवातका कारण समुद्री चेतावनी सोमबार पछि जारी हुन सक्ने मौसम विभागले जनाएको छ ।

चक्रवात ताइवानबाट करिब ५८० किलोमिटर दक्षिणबाट उत्तरपश्चिममा ताइवानतिर सर्दै गएको उल्लेख गर्दै सीडब्लुएले फङ–वोङ उत्तरपूर्वमा ताइवानतर्फ फर्कने र बिस्तारै कमजोर हुने अपेक्षा गरिएको बताएको छ ।

सोमबार देखि मङ्गलबार सम्म, चक्रवात कडा उत्तरपूर्वी हावासँग मिलेर, कीलुङ, ग्रेटर ताइपेई क्षेत्र, पूर्वी ताइवान र दक्षिणमा हेङ्चुन प्रायद्वीपमा भारी वर्षा हुने सम्भावना रहेको सीडब्लुएले जनाएको छ ।

बिभागले बुधबार मध्य र दक्षिणी ताइवानमा थप वर्षाको चेतावनी दिदै बिहीबारसम्म मौसम सहज हुने अपेक्षा गरेको छ भने फोकस ताइवानका अनुसार उत्तरका केहि क्षेत्रमा भारी वर्षा हुन सक्ने अपेक्षा गरिएको छ ।

ताइवानका अधिकारीहरूले आँधीबेहरी नजिकिँदै जाँदा गुआङ्फु टाउनसिपका विद्यालय र कार्यालयहरू बन्द गर्ने आदेश दिएका हुन् । बाढी र पहिरोको खतराका कारण तल्लो क्षेत्रका बासिन्दाहरूलाई खाली गर्न सल्लाह दिइएको छ ।

गुआङ्फु टाउनसिपका डामा, डापिङ, डोङ्फु, दातोङ, दान, दाहुआ र बेइफु, साथै फेङ्लिन र वानरुङ टाउनसिपसहित धेरै गाउँहरूमा पहिरोको चेतावनी जारी गरिएको फोकस ताइवानले रिपोर्ट गरेको छ ।

उक्त क्षेत्रका बासिन्दाहरूलाई तुरुन्तै खाली गरी सुरक्षित स्थानमा सार्नका लागि ह्वालिएन काउन्टी सरकारले विज्ञप्ति जारी गरेको छ । विज्ञप्तिमा अधिकारीहरूले क्षतिग्रस्त माटाइन क्रिक र अन्य क्षेत्रहरूमा बसोबास गर्ने मानिसहरूलाई आवश्यक कागजातहरू, औषधि लगायतका सामान लिएर तुरुन्तै खाली गर्न आग्रह गरेका छन् ।