२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशी टप्पुमा देखिन थाले पाहुना चरा



अ+ अ-

विराटनगर।  सुनसरीको कुशहास्थित कोशी टप्पु वन्यजन्तु आरक्षण क्षेत्रमा पाहुना चराहरु देखिन थालेका छन् ।

हिउँदयाम प्रारम्भ भएसँगै पाहुना चराहरु विचरणका लागि आउने गरेको आरक्षणका वरिष्ठ संरक्षण अधिकृत भूपेन्द्रप्रसाद यादवले जानकारी दिनुभयो। उहाँका अनुसार सिमसार र जलाशय रहेको सो क्षेत्रमा २२ वटा डल्फिन पनि रहेको पत्ता लागेको छ ।

प्रत्येक दुई वर्ष चराको गणना हुनुपर्ने मा यस वर्ष गणना नभएको र यस क्षेत्रमा ५३५ प्रजातिको चराहरुको बासस्थान रहेको उहाँको भनाइ छ । आरक्षणमा साइवेरिया र रुससम्मका चराहरु आउने गरेका छन्

आरक्षणमा ५०० भन्दा बढी जङ्गली भैँसी अर्ना रहेको र सन् २०२१ मा गणना हुँदा कूल ४९८ वटा अर्ना रहेको पुष्टि भएको थियो ।

यस वर्षको अविरल वर्षा र झरीबाट कुनै पनि क्षति नभएको सो क्षेत्रमा संरक्षित जनावरहरु नजिकै गाउँबस्तीमा प्रवेश गर्दा समस्या उत्पत्र हुने गरेको बताइएको छ । रासस