२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… सम्पत्ति विवरण सार्वजनिक गर्नु पारदर्शिता हो, तर छानबिन विधिसंवत हुनुपर्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की
तपाईं के खोज्दै हुनुहुन्छ ?

रहेनन् बलिउडका दिग्गज अभिनेता धर्मेन्द्र



अ+ अ-

एजेन्सी । बलिउडका दिग्गज अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा उनको निधन भएको छ । सास फेर्ने समस्या भएपछि उनलाई मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो । उनको केहीबेरअघि निधन भएको हो । धर्मेन्द्रको निधन भारतीय फिल्म उद्योगका लागि ठूलो क्षति हो।

धर्मेन्द्र भारतीय सिनेमाका सबैभन्दा प्रिय सुपरस्टारमध्ये एक थिए । उनले फिल्म उद्योगलाई ३०० भन्दा बढी चलचित्रहरू दिएका छन् र उमेरको यस चरणसम्म पनि उनी अभिनयमा सक्रिय रहेका थिए ।

६ दशकभन्दा बढी समयसम्म सिनेमामा राज

धर्मेन्द्रले आफ्नो करियरको सुरुवात सन् १९६० मा गरेका थिए । त्यही वर्ष उनको पहिलो फिल्म दिल भी तेरा हम भी तेरे रिलिज भएको थियो । त्यसपछि उनले आई मिलन की बेला, फूल और पत्थर, आए दिन बहार के जस्ता चलचित्रमा काम गरे । फूल और पत्थरबाट उनलाई ठूलो लोकप्रियता प्राप्त भयो ।

सन् १९६० देखि १९८० को दशकबीच उनले आंखें, शिखर, आया सावन झूम के, जीवन मृत्यु, सीता और गीता, यादों की बारात, शोले, दोस्त, गुलामी, धरम वीर, हुकुमत, चरस, एलान–ए–जंग जस्ता उत्कृष्ट चलचित्रहरू भारतीय सिनेमालाई दिएका थिए ।

धर्मेन्द्रको निधनले बलिउड मात्र होइन, सम्पूर्ण भारतीय कला क्षेत्रलाई ठूलो शोकमा डुबाएको छ । धर्मेन्द्रको परिवारले बलिउडलाई निकै योगदान दिएको छ । उनकी श्रीमती हेमा मालिनी बलिउडकी चर्चित अभिनेत्री हुन् । यस्तै, दुई छोरा सन्नी देओल र बबी देओल बलिउडमा स्टार अभिनेता हुन् । यस्तै, अभिनेत्री इशा देओल पनि धर्मेन्द्री छोरी हुन् ।