२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपचारपछि अस्पतालबाट डिस्चार्ज भए धर्मेन्द्र



अ+ अ-

एजेन्सी । बलिउड अभिनेता धर्मेन्द्रलाई बुधबार बिहान मुम्बईको ब्रीच क्यान्डी अस्पतालबाट डिस्चार्ज गरिएको छ। अब उनको उपचार घरमै गरिने परिवारले निर्णय गरेको डाक्टरले जानकारी दिएका छन्।

भारतीय मिडियासँग कुरा गर्दै डा. प्रतीत समदानीले धर्मेन्द्र पछिल्ला केही हप्तादेखि कहिले अस्पतालमा भर्ना हुने, कहिले घर फर्किने क्रम दोहोरिँदै आएको बताए। उनलाई बिहान करिब साढे ७ बजे अस्पतालबाट डिस्चार्ज गरिएको थियो।

डिस्चार्जपछि परिवारको गोपनीयताको अपील

धर्मेन्द्र डिस्चार्ज भएपछि परिवारले गोपनीयताको अपील गर्दै जारी गरेको आधिकारिक वक्तव्यमा भनिएको छ—

‘धर्मेन्द्रजीलाई अस्पतालबाट छुट्टी दिइएको छ र अब उनी घरमै विश्राम गर्नेछन्। हामी मिडिया र आम जनतालाई अनुरोध गर्छौं कि कुनै अफवाह नफैलाउनुहोस् र यस समयमा उनी र परिवारको गोपनीयताको सम्मान गर्नुहोस्। धर्मेन्द्रजीको स्वास्थ्य र दीर्घायुका लागि शुभेच्छा र प्रार्थना गर्ने सबैलाई धन्यवाद। कृपया उनको सम्मान गर्नुहोस्, किनभने उनी तपाईं सबैलाई अत्यन्त माया गर्छन्।’

धर्मेन्द्र डिस्चार्ज भएपछि जुहूस्थित उनको घरतर्फ जाने बाटो प्रहरी प्रशासनले भीड जम्मा हुन नदिन बन्द गरेको छ। धर्मेन्द्रलाई नोभेम्बर १० का दिन स्वास्थ्य बिग्रिएपछि मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो। उनलाई सास फेर्न गाह्रो भएको र भेन्टिलेटरमा राखिएको थियो।

सनी देओलको टिमले मंगलबार जानकारी दिँदै धर्मेन्द्रको स्वास्थ्यमा सुधार भइरहेको र सबैलाई उनको राम्रो स्वास्थ्य र दीर्घायुका लागि प्रार्थना गर्न आग्रह गरेको थियो।

परिवारले निधनको हल्लाप्रति आक्रोश जनायो

यसअघि नोभेम्बर ११ को बिहान मिडियामा धर्मेन्द्रको निधन भएको भनी फैलिएको गलत समाचारप्रति उनकी छोरी ईशा देओल र श्रीमती हेमा मालिनीले आक्रोश व्यक्त गरेका थिए।

अक्टोबर ३१ मा पनि अस्पताल भर्ना

धर्मेन्द्रलाई अक्टोबर ३१ मा पनि अस्पतालमा भर्ना गरिएको थियो। रिपोर्टर विक्की ललवानीले सामाजिक सञ्जालमा लेख्दै सास फेर्न गाह्रो भएपछि उनलाई ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको र क्ष्ऋग् मा राखिएको बताएका थिए। सबै स्वास्थ्य सूचक सामान्य भएपछि केही घण्टामै डिस्चार्ज गरिएको थियो।

यस वर्षको सुरुवातमा धर्मेन्द्रको कर्निया ट्रान्सप्लान्ट सर्जरी गरिएको थियो। उनको बाँया आँखाको पारदर्शी पत्र (कर्निया) क्षतिग्रस्त भएपछि कर्निया ट्रान्सप्लान्ट (केराटोप्लास्टी) गरिएको थियो।

सन् २०१५ देखि २०२० को बीचमा उनलाई पटक–पटक ढाड दुख्ने, मांसपेशी तन्किने र कमजोरी हुने समस्या देखा परेका थिए। ढाड दुखाइ र थकानका कारण उनलाई अस्पतालमा भर्ना हुनुपरेको थियो।

छिट्टै रिलिज हुँदैछ धर्मेन्द्रको नयाँ फिल्म
धर्मेन्द्र ‘इक्कीस’ नामक फिल्ममा देखिनेछन्। यो फिल्म भारत–पाकिस्तान युद्धका युवा सैनिक अरुण खेतरपालको जीवनकथामा आधारित छ। अमिताभ बच्चनका नाति अगस्त्य नन्दा फिल्ममा अरुण खेतरपालको भूमिकामा छन् भने धर्मेन्द्रले उनका बुबा एम.एल. खेतरपालको भूमिका निर्वाह गरेका छन्।