२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
विद्यार्थीमा जलवायु सचेतना फैलाउन वक्तृत्वकला प्रतियोगिता कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

यो हो १६ करोड रुपैयाँको स्याउ



अ+ अ-

एजेन्सी । हालै सामाजिक सञ्जालमा एउटा अनौठो स्याउले धेरैको ध्यान तानेको छ। यसको मूल्य सुन्दा नै मानिसहरू अचम्ममा परेका छन्।

वास्तवमा यो स्याउमा सुन र हिरा जडिएको छ, जसको मूल्य १६ करोड रुपैयाँ रहेको बताइन्छ।

यो स्याउलाई मुम्बईका प्रसिद्ध ‘गोल्ड म्यान’ रोहित पिसाले आफ्नो कलात्मक सीप र बारीकी प्रयोग गरी तयार पारेका हुन्।

स्याउमा जडिएको सुन र हिरा

यो स्याउ खाने होइन, हेर्ने हो। सम्पूर्ण कलाकृति १८ क्यारेट सुन र ९ क्यारेट ३६ सेन्टका हिराबाट बनाइएको हो।

यसमा जम्मा १,३९६ साना टुक्राहरू प्रयोग गरिएको छ, जसले यसलाई अत्यन्त आकर्षक बनाएको छ। यसको तौल करिब २९.८ ग्राम छ र प्रत्येक भागलाई अत्यन्त कलात्मकका साथ सजाइएको छ, जसका कारण यो हेर्दा बिलकुलै वास्तविक स्याउजस्तो देखिन्छ।

रेकर्ड बुकमा दर्ता भएको स्याउ

रोहित पिसालको यस अद्भुत कलाकारीलाई इन्डिया बुक अफ रेकर्ड्स मा दर्ता गरिएको छ। यो उपलब्धि उनका लागि गर्वको विषय बनेको छ र उनले भारतीय गहना कलालाई नयाँ पहिचान दिएका छन्।

साथै, यो स्याउलाई वर्ल्ड इन्टरनेशनल जेमोलोजिकल इन्स्टिट्युट बाट प्रमाणपत्र पनि प्राप्त भएको छ, जसले यसको गुणस्तर र मौलिकताको पुष्टि गर्छ।

थाइल्यान्डको रोयल प्यालेसमा प्रदर्शित

यो अनौठो स्याउको सुन्दरताले अन्तर्राष्ट्रिय स्तरमा पनि ध्यान खिचेको छ। हालै यो थाइल्यान्डको रोयल प्यालेस मा प्रदर्शित गरिएको छ। यसको माग निरन्तर बढ्दै गएको छ र त्यहाँ यसलाई महँगो मूल्यमा किन्नेहरू पनि तयार बनेका छन्।