२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मौलापुरमा आधारभूत स्वास्थ्य सेवा केन्द्रको नयाँ भवन प्रभु साहले गरे उद्घाटन



अ+ अ-

रौतहट। रौतहटको मौलापुर नगरपालिका वडा नं. ७ पिपरियामा नवनिर्मित आधारभूत स्वास्थ्य सेवा केन्द्रको नयाँ भवन आज (शनिबार) उद्घाटन गरिएको छ ।

सुविधा सम्पन्न आधारभूत स्वास्थ्य सेवा केन्द्रको उद्घाटन गर्दै आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं रौतहट क्षेत्र नं. ३ का पूर्वसांसद समेत रहेका प्रभु साहले मौलापुर नगरपालिकामा शिक्षा, स्वास्थ्य, यातायात लगायतका क्षेत्रमा गरेको उदाहरणिय कामको प्रशंसा गरे ।

‘मौलापुर नगरपालिकाले शासक होइन, सेवकको काम गरिरहेको छ । नगरप्रहरी होइन, नगर शिक्षक, स्वास्थ्यकर्मी राखेर जुन यहाँको जनतालाई सेवा दिइरहेको छ त्यो कार्य अन्य पालिकाले समेत कार्यान्वयन गर्नुपर्ने आवश्यक छ,’ पूर्वमन्त्री समेत रहेका साहले भने, ‘जनताको मन जितेको मौलापुर नगरपालिकाले अगामी दिनमा पनि यस्तै सेवालाई निरन्तरता दिदै जनताको आवश्यक्ता, चाहना अनुसार अगाडी बढोस, मेरो शुभकामना छ ।’

मौलापुर नगरपालिकाले शुन्य कर नीति, बिजुली, खानेपानी निशुल्क एवं विद्यार्थीलाई दिदै आएको विभिन्न सुविधा लगायतकाले मधेसमा मात्रै नभई नेपालमै एक चर्चित र उदहरणिय नगरपालिकाको रुपमा स्थापित भएको छ । जनताको मन जितेर राम्रा काम गरिरहेकी मेयर रिना साह सहित त्यहाँका जनप्रतिनिधि लगायत सबैमा उनले धन्यवाद ज्ञापन गरे ।

मौलापुर नगरपालिकाद्वारा निर्मित सुविधा सम्पन्न भवन सहितको उक्त स्वास्थ्य केन्द्रबाट यस क्षेत्रको आम नागरिकले पुरै लाभान्वित हुने विश्वास समेत साहले व्यक्त गरे । साथै आउँने दिनमा यस स्वास्थ्य केन्द्रबाट थप सेवा विस्तार गर्ने उदेश्यका साथ भव्य भवन निर्माण गरिएको समेत उनले बताए ।

२ करोड ५० लाखमा जग्गा सहित भव्यभवन निर्माण गरेर आउँने दिनमा बर्थिङ सेन्टर समेत सञ्चालन गर्न सकिने गरी भवन निर्माण गरिएको मौलापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले जनाएका छन् । नेपाल सरकारको मापदण्ड अनुसार अहिले यस सेवा केन्द्रबाट प्राथमिक सेवा प्रदान गर्ने काम भइरहेको छ ।

अहिले मौलापुर नगरपालिकामा आधारभूत स्वास्थय सेवा केन्द्र २, स्वास्थय चौकी ३ र प्राथमिक स्वास्थय केन्द्र १ वटाबाट नगरबासीलाई स्वास्थय सेवा दिइरहेको छ।

मौलापुर नगरपालिकाका मेयर रिना साहको अध्यक्षतामा भएको कार्यक्रममा पालिकाका जनप्रतिनिधि, सर्वसधारण लगायतको विशेष सहभागिता रहेको थियो ।




भर्खरै