२० असार २०८३, शनिबार
,
Latest
काठमाडौँ महानगरपालिका पूर्ण खोप सुनिश्चित भएको घोषणा सरकारका १०० दिनः अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल ‘प्रेस स्वतन्त्रताप्रति प्रदेश सरकार प्रतिबद्ध छ’ सरकारका १०० दिन : उखु किसानले १३ वटा चिनी मिलबाट पाए ९२ प्रतिशत रकम एक सय दिनमा नीतिगत सुधारमा अपेक्षाकृत नतिजा प्राप्त भएको छः मुख्यसचिव अर्याल सन् २०३५ सम्म पाँचवटा एकीकृत आरोग्य केन्द्र स्थापना गरिने संविधान संशोधन बहस कार्यदलले असार मसान्तभित्र प्रतिवेदन बुझाउने सरकारको १०० दिनः जेनजी आन्दोलनका घाइते र सहिद परिवारलाई एकीकृत राहत प्याकेज बागमती प्रदेशसभाबाट दुई विधेयक बहुमतले पारित सरकारका १०० दिनः नीतिगत सुधारमा जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोच्चमा जलेका मुद्दाका कागजात बुझाउने प्रक्रिया शुरु



अ+ अ-

काठमाडौं । जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते सर्वोच्च अदालतमा भएको आगजनी तथा तोडफोडपछि अवरुद्ध बनेका सबै सेवा शुरु भएका छन् ।

गत कात्तिक २० गते बसेको सर्वोच्चको अदातको फुल कोर्टले मंसिर १ गतेदेखि सबै सेवा सुचारु गर्ने निर्णय गरेको थियो । सोहीअनुसार सोमबारदेखी सेवा सुचारु भएको हो ।

सेवा सञ्चालनको लागि सर्वोच्चमा जलेका मुद्दाका कागजात सेवाग्राहीले बुझाउने प्रक्रिया शुरु गरिएको सर्वोच्च अदालतका सहायक प्रवक्ता निराजन पाण्डेले जानकारी दिनुभयो । उहाँकाअनुसार सेवाग्राही आउने बित्तिकै उहाहरुको मुद्दा जलेको छ कि छैन भन्ने जानकारी सोधपुछ कक्षमै उपलब्ध गराइनेछ । जलेको भएमा सेवाग्राहीसंग भएका आवश्यक कागजात लिने उहाँले जानकारी दिनुभयो ।

जलेको फाइल पहिचान गर्ने र सम्बन्धित शाखामा कागजात बुझाउनको लागि सर्वोच्च अदालतमा पालको टेण्ड राखेर व्यवस्था मिलाइएको छ । मुद्दाका आवश्यक कागजात बुझाउन अदालतले एक महिनाको समय दिएको पाण्डेले जानकारी दिनुभयो । सेवाग्राहीसँग भएका प्रमाण–कागज संकलन गरी मुद्दा पुनस्र्थापनाको प्रक्रिया सहज बनाउने उहाँको भनाई छ । उहाँले मुद्दाका आवश्यक कागजात बुझाउने सेवाग्राहीलाई धन्यवाद स्वरुप प्रमाणपत्र उपलब्ध गराउने गरिएको पनि जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले सर्वप्रथम आज जो सेवाग्राही आउनुहुन्छ, हामीलो सोधपुछमा मुद्दा जलेको छ कि छैन भन्न थाहा पाउनुहुन्छ । हामीले कर्मचारीहरु खटाएका छौँ उहाँहरुले हेर्दिनुहुन्छ । मुद्दा जलेको छ भने कुन कुन शाखामा हो, हामीले पालको व्यवस्था गरेका छौँ, त्यो पालमा गएर चाहीँ आफ्नो मुद्दाको फाईलहरु बुझाउन सक्नुहुन्छ । फैसला भईसकेको मुद्दा छ भने फैसला लेख्न बाँकी भएको अवस्था हो भने त्यो अवस्थामा पनि फैसलाको लागि आवश्यक भएका डकुमेन्ट दिने गरेर हामीले यहाँ व्यवस्थापन गरेका छोँ । एक महिनाको समय दिइएको छ । आफ्ना भएका कागजात पेश गर्नको लागी आजबाट शुरु भयो । यसलाई नियमित रुपमा अझै सुधार गरेर हामी सेवाग्राहीसंग उहाँसंग भएको प्रमाण कागज लिने प्रयत्न गरिरहेका छौँ ।’

सेवाग्राहीको सहजीकरणको लागी अदातमा रहेको चार वटा टे«ड युनियनले छुट्टै आ–आफ्नो संगठनबाट ४÷५ जना स्वयंसेवकहरु समेत खटाईदिएको उहाँले बताउनु भयो । सवोच्च अदालतले सेवाग्राहीसँग आफूसँग भएका मुद्दाका फाईलहरु उपलब्ध गराउन आग्रह समेत गरेको छ ।