२३ जेष्ठ २०८३, शनिबार
,
Latest
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजसंस्था पुनःस्थापनाका लागि कुनैपनि हदसम्म जान तयार छुः काँग्रेस नेता भण्डारी



अ+ अ-

काठमाडौँ । सनातन हिन्दु राष्ट्रको एजेण्डा उठाउँदै आउनुभएका नेपाली काँग्रेसका केन्द्रिय सदस्य शंकर भण्डारीले राजसंस्था पुनःस्थापनाको लागि आफू कुनैपनि हदसम्म जान तयार रहेको बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा ‘जेन–जेड अलायन्स फर मोनार्की’ले आयोजना गरेको गोलमेच कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफू राजावादी नभएपनि मुलुकको आजको आवश्यकताका आधारमा राजसंस्था पुनःस्थापना गर्न बलिदानी दिन समेत तयार रहेको बताउनु भयो । उहाँले नेपाली काँग्रेसभित्र पद प्राप्तिका लागि सिद्धान्तविहीन राजनीति हावी भएको आक्रोश समेत व्यक्त गर्नुभयो । उहाँले काँग्रेसभित्र कपदप्रातिका लागि सिद्धान्त त्याग्ने प्रवृत्ति भएकै कारण आफू भ्रष्ट करार भएको समेत बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘म राजावादी होइन तर राजा देशको लागि आवश्यक भयो । त्यसको लागि म आफ्नो भूमिका निर्वाह गर्न तयार छु । परिआए बलिदान दिन पनि तयार छु । पछिल्लो समय नेपालको राजनीतिमा कस्तो मान्छे कसरी नेतृत्वमा आउँछन् भन्ने कुरा हामीले नबुझेका होइन । मिडियाले पनि यस्तै गर्ने हो मिडिया घेर्ने बेला आइरहेको छ । नेपालको नेपालको राजनीतिमा दलभित्र पनि ठूलो प्रभाव छ । पद प्राप्तिको लागि अहिले मान्छेले सिद्धान्त समेत त्यागिरहेको अवस्था छ । म दुःखका साथ भन्छु काँग्रेसभित्र पनि त्यो चरित्र हाबी भएको कारणले आज म बदनाम भएको छु । म भ्रष्टाचारी काँग्रेस भएको छु ।’ 

हिन्दु राज्य र राजसंस्था पक्षधरलाई सञ्चारमाध्यमले समेत असहयोग गर्ने गरेको उहाँको आरोप छ ।